सेती प्रयोगशालामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रयोगशालामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५२ नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै २४ घण्टामा दुईजना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हाल अस्पतालमा ५ जना संक्रमित विरामीको उपचाररत छन् । तीमध्ये २ जनाको आइसियूमा उपचार भइरहेको छ भने एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।