सेती प्रयोगशालामा थप चार जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा थप चार जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप चार जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २५ नमुना परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा पाँच जना संक्रमित विरामीको उपचाररत छन् । तीमध्ये तीन जनाको आइसियूमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।