कैलालीमा घरमै लुकाई राखेको अवस्थामा १३ किलो लागु औषध सहित एक जना पक्राउ

कैलालीमा घरमै लुकाई राखेको अवस्थामा १३ किलो लागु औषध सहित एक जना पक्राउ

कैलाली । कैलालीमा १३ किलो लागु औषध सहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको चुरे गाउपालिकामा लागु औषध चरेस सहित आईते जाग्री पक्राउ परेका हुन्।

आज दिउसो ३:४० बजेको समयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी बाट खटीएको टोलि र जिल्ला प्रहरी कार्यालय कैलाली बाट खटिएको संयुक्त टोलिले चुरे गाउपालिका ५ लिसबेलीमा रहेको  जाग्रीको घरमा खान तलासी गर्दा १२ पोका कालो प्लाष्टिकमा बेरेको १३ किलो लागु औषध चरेस सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका डिएसपि वेद प्रकाश जोशीले जानकारी दिए । 

जाग्रीलाई नियन्त्रणमा लिई थप कारबाहीको लागी ईलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको छ ।