आजको मौसम : मेघ गर्जन र चट्याङ्ग सहित हल्का  वर्षाको सम्भावना

आजको मौसम : मेघ गर्जन र चट्याङ्ग सहित हल्का  वर्षाको सम्भावना

हाल देशको सुदुर पश्चिम, कर्णाली, गण्डकी,  बागमती  र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाकी भूभागमा आंशिक बदली रहेको छ।  

दिउँसो देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ को उच्च पहाडी र हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राती देशको सुदूर पश्चिम लगायत कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश १ उच्च पहाडी र हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम,कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भूभाग का केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का  वर्षाको सम्भावना रहेको छ र देशको उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले त्यसको प्रभावहरूबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।