कोरोना संक्रमण घट्यो : २१ लाख ६३ हजार ३६ जना निको

कोरोना संक्रमण घट्यो : २१ लाख ६३ हजार ३६ जना निको

विश्वभर पछिल्लो २४ घण्टामा १७ लाख ४९ हजार २६६ हजार कोरोना संक्रमित थपिएका छन्।

यही अवधिमा थपिनेभन्दा निको हुनेको संख्या ४ लाखले बढी छ । २१ लाख ६३ हजार ३६ जना निको हुँदा मृत्यु हुने संक्रमितको संख्या ९ हजा ३२५ रहेको छ ।

थपिनेमा जर्मनीमा २ लाख १८ हजार, रुसमा एक लाख ३२ हजार, ब्राजिलमा ९५ हजार, फ्रान्समा ६६ हजार, अमेरिकामा ६५ हजार, टर्कीमा ७९ हजार, इटलीमा ४६ हजार र बेलायतमा ३८ हजार छन् ।

निको हुनेमा फ्रान्समा २ लाख ४० हजार, जर्मनीमा २ लाख एक हजार, अमेरिकामा एक लाख ३४ हजार, ब्राजिलमा एक लाख २९ हजार, स्पेनमा एक लाख एक हजार, टर्कीमा ९४ हजार, इटलीमा ६९ हजार र बेलायतमा ७६ हजार छन् ।

मृत्यु हुनेमा अमेरिकामा एक लाख ६६१, ब्राजिलमा ९९६, रुसमा ७६२, फ्रान्समा २८१ र जर्मनीमा २७३ जना छन् ।