प्रतिनिधिसभाको बैठक आज बस्दै : ‘एमसीसी सम्झौता पास गर्ने बाटोमा देउवा एवं कांग्रेस

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार स्थगित गरिएको आज बैठक दिउँसो १ बजे बस्ने जनाइएको छ ।

संसद सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सम्भावित कार्यसूचीअनुसार संसद बैठकमा एमसीसीमाथि सामान्य छलफल हुने उल्लेख छ। यसअघि महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश हुनेछ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७ र ७८’ पेश गर्ने कार्यसूची रहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बिहीबारको संसद बैठक शुक्रबारसम्मलाई स्थगित गरिएको थियो। दलीय सहमतिको आधारमा एमसीसी सम्झौता संसदबाट पारित गर्ने पक्षमा प्रधानमन्त्री देउवा छन्। सोहीअनुसार दलहरुबीच सहमति जुटाउन देउवाले बिहीबारको बैठक स्थगित गर्न सभामुख अग्निप्रसाद सापकोटासमक्ष आग्रह गरेका थिए।

सत्ता गठबन्धनका माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी यथास्थितिमा एमसीसी सम्झौता संसदबाट पास गर्ने पक्षमा नहुँदा प्रधानमन्त्री देउवा एवं नेपाली कांग्रेस सकसमा छन्। त्यसैले गठबन्धन भत्काएरै भए पनि प्रमुख प्रतिपक्षी एमालेको सहयोगमा एमसीसी सम्झौता पास गर्ने बाटोमा देउवा एवं कांग्रेस अघि बढेका छन्। जसअनुसार प्रधानमन्त्री देउवा र कांग्रेसले एमालेसँग पटक(पटक छलफल गरेका छन्।

तर एमाले पुरानै अडानमा छ। उसले प्रधानमन्त्री देउवालाई विश्वास दिलाउन सकेको छैन। त्यसैले शुक्रबार नै एमसीसी पास हुने सम्भावना क्षीण रहेको छ।

संसद सचिवालयले तयार पारेको शुक्रबारको संसद बैठकको कार्यसूची बिहीबारकै निरन्तरता हो। जसअनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। तर, अर्थमन्त्री शर्मा उक्त प्रस्ताव पेश गर्ने सम्भावना कम छ। बिहीबार संसद बैठक छल्न उनी काठमाडौँ उपत्यका बाहिर गएका थिए।

गएको आइतबारको बैठकमा समेत अर्थमन्त्री शर्माले एमसीसीसम्बन्धी सम्झौता संसदमा पेश गर्ने कार्यसूची थियो। तर उनी बैठकमै उपस्थित भएनन्। सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्माको अनुपस्थितिमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमसीसी सम्झौता संसदमा टेबुल गराएका थिए।

सत्ता गठबन्धनमा रहेका पाँचदलमध्ये सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसमात्रै एमसीसी संसदबाट पारित गर्ने पक्षमा रहेको छ। गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी सुरुमा एमसीसी संसदमै पेश गर्न नहुने पक्षमा थिए। पछि चौतर्फी दबाब आएपछि माओवादी केन्द्र र एकीकृत समाजवादी उक्त सम्झौता संसदमा टेबुल गर्न सहमत भएका थिए।

माओवादी केन्द्रका शीर्ष नेताले एमसीसी संसदमा टेबल गर्न तयार ग्रीन सिग्नल दिए पनि उनका तीन सांसदहरुले कार्यव्यवस्था परामर्श समितिको बैठकमै एमसीसी संसदमा टेबुल गर्ने निर्णयविरुद्ध लिखित असहमति जनाएका थिए। सोही असहमतिको कारण आइतबार भएको संसद बैठकमा माओवादी केन्द्रको तर्फबाट अर्थमन्त्री बनेका शर्माले एमसीसी संसदमा टेबुल गर्न अस्वीकार गरेका थिए।

संसद सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सम्भावित कार्यसूचीअनुसार संसद बैठकमा एमसीसीमाथि सामान्य छलफल हुने उल्लेख छ। यसअघि महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश हुनेछ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेश गर्ने कार्यसूची रहेको छ।