नेपाल वस्टर्न म्यानेजमेन्ट कलेजद्वारा १३औं ब्याचका विद्यार्थीको ओरीन्टेसन कार्यक्रम सम्पन्न

नेपाल वस्टर्न म्यानेजमेन्ट कलेजद्वारा १३औं ब्याचका विद्यार्थीको ओरीन्टेसन कार्यक्रम सम्पन्न

धनगढी । धनगढी स्थित नेपाल वस्टर्न म्यानेजमेन्ट एण्ड ईन्जिनेरिङ्ग कलेजले आफ्नो १३  औँ ब्याचमा भर्ना भएका विद्यर्थीहरुको ओरिन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । 

पोखरा विश्व विद्यालय बाट सम्बन्धन प्राप्त यस कलेजको बि.बि.ए-बि.आई, र बिएचएम सङ्कायमा भर्ना भएका विद्यार्थीहरूका लागि बर्दिया, ठाकुरद्वारा स्थित बर्दिया गैँडा क्याम्प रिसोर्टमा ३ दिने ओरिन्टेसन कार्यक्रम आयोजना गरिएको हो। 

विभिन्न वर्ग समुदायबाट भर्ना हुन आएका विद्यार्थी एक आपसमा घुलमिल हुन सहज तथा कलेजका कोड अफ कन्डक्ट र कार्यक्रमका विषयवस्तु प्रस्ट पार्न सो कार्यक्रमले सघाउ पुर्‍याउने एकेडेमी डाइरेक्टर भीमबहादुर चौधरीले बताउनु भयो । 

उक्त कार्यक्रममा काठमाडौँ बाट ख्याति प्राप्त मोटीभेसनल स्पिकर प्रितम पौडेलको १ दिने मोटीभेसनल स्पीच लगायत सांस्कृतिक र खेलकुद कार्यक्रम पनि आयोजना गरिएको चौधरीले जानकारी दिए । 

यस्तै, कलेजमा भर्ना हुने विद्यार्थीको हितका लागि राष्ट्रिय स्तर वाट दक्ष स्पिकर बोलाई कलेज बाहिर लगी यस्तो प्रकारको भव्य कार्यक्रम बेलाबखत विद्यार्थीको आवश्यकता अनुरूप आयोजना गर्दै आइरहेको कलेजका सञ्चालक शैलेस कुमार सिंहले बताउनुभयो । सुदूरपश्चिममा विद्यर्थीहरुलाई सो प्रकारको सुविधा दिने आफ्नो कलेज मात्र रहेको सिंहको दाबी छ ।