एमसीसी विवाद : सरकार छाड्ने तयारीमा माओवादी !

एमसीसी विवाद : सरकार छाड्ने तयारीमा माओवादी !

नेकपा (माओवादी केन्द्र) ले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता जसरी पनि अनुमोदन गर्ने गरी अघि बढेकाले अब सरकारमा नरहने निष्कर्षमा पुगिएको एक स्थायी कमिटी सदस्यको भनाइ छ ।

बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए । उक्त छलफलपछि अब सँगै अघि बढ्न नसकिने निष्कर्षमा पुगिएको ती नेता बताउँछन् ।

अहिले प्रचण्ड निवास खुमलटारमा माओवादीका पूर्वस्थायी कमिटीका सदस्यहरूबीच छलफल भइरहेको छ ।