‘बिहे नेपाल’ एप सार्वजनिक, यसरी खोज्नुहोस् सुहाउने जोडी !

‘बिहे नेपाल’ एप सार्वजनिक, यसरी खोज्नुहोस् सुहाउने जोडी !

जीवनसाथी खोज्न बिहेनेपाल एप सार्वजनिक भएको छ । राव सफ्टवेयरले यो एप सार्वजनिक गरेको हो। दीर्घकालीन सम्बन्धको खोजिरहेमा रहेका अविवाहित तथा अन्य एकल नेपालीलाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्यले दुई दिदीबहिनी श्रद्धा र श्रेया कटुवालले यो एप सञ्चालनमा ल्याएका हुन्।  

यससँगै एपले संभावित साथीहरु एकैठाउँ, आफ्नै मोबाइलसम्म ल्याइदिने सहस‌स्थापक श्रद्धा कटुवालले बताइन्। बिहे नेपाल नोभेम्बर २०२१ मा अनौपचारिक रुपमा सार्वजनिक गरिएकोमा बिहीबार औपचारिक रुपमा सार्वजनिक गरिएको हो। 

उनका अनुसार एप गत कात्तिक महिनामा पहिलो पटक टेस्टका लागि रिलिज गरिएको थियो। लगत्तै मानिसहरुको क्रेज बढेको छ। हालसम्म एपमा तीन हजारभन्दा बढी युजरहरु नेटवर्कमा जोडिएका छन्। 

‘अनलाईन डेटिङ्ग र मेट्रिमोनी अहिलेसम्म हाम्रो समाजको प्रचलन बसिसकेको छैन। यो एपले नयाँ ट्रेन्ड बसाल्न र जीवनसाथीको खोजीमा लागेका नेपालीको सहज बनाउन अब मार्केटमा आएको छ’ को फाउन्डर श्रेया कटुवालले भनिन्। 

यो सञ्जालले जीवनसाथीको खोजिमा सक्रिय रहेका प्रयोगकर्ताहरुले उमेर, शिक्षा, बसोबास, स्थान जस्ता छनोटबाट खोजि कार्य साँघुरो बनाउँदै लैजाने उनीहरु बताउँछन्। जब आफूलाई उपयुक्त व्यक्ति भेटिन्छ तब उनीहरु च्याटमार्फत आपसमा कुराकानी गर्न सक्छन्। 

बिहेनेपालमा सर्वसाधारणको लागि फ्रि रजिष्ट्रेसन रहेको छ भने भिआईपी क्लबलाई सदस्य बन्नको लागि ४९ हजार रुपैयाँ लाग्छ। जहाँ सबैको पहुँच हुँदैन। प्रयोगकर्ताले यो एपमार्फत जोडिन वास्तविक परिचय दिने नागरिकता वा ड्राइभिङ लाइसेन्स उपलब्ध गराउनुपर्नेछ।

विहेनेपालले यी परिचयपत्रको आधारमा परिचय प्रमाणित गर्नेछ। प्रमाणित प्रोफाइलहरुले हरियो संकेत चिन्ह प्राप्त गर्नेछन्। त्यसपछि आफूले चाहेको व्यक्तिसँग कुराकानी गर्न र वैवाहिक सम्बन्ध गाँस्ने निर्णयसम्म पुग्न सक्नेछन्।