धनगढीमा भोलि रक्तदान कार्यक्रम : तयारी पूरा, रगतदान गर्न बैतडी समाज कैलालीको आह्वान

धनगढीमा भोलि रक्तदान कार्यक्रम : तयारी पूरा, रगतदान गर्न बैतडी समाज कैलालीको आह्वान

धनगढी : बैतडी समाज कैलालीले धनगढीमा सातौँ बृहत् रक्तदान कार्यक्रम आयोजना गर्न गइरहेको छ ।  'रक्तदान जीवनदान' भन्ने नारा सहित बैतडी समाज कैलालीले यही फागुन १४ गते धनगढीमा सातौँ बृहत् रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो ।

पछिल्लो समय धनगढीका स्वास्थ्य संस्थामा देखिएको रगत अभावलाई मध्यनजर गर्दै धनगढीमा सातौँ बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको बैतडी समाज कैलालीले जनाएको छ । 

रगत नपाएर कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ बैतडी समाज कैलालीले फागुन १४ गते बृहत् रक्तदान कार्यक्रमको आयोजना गरिन लागेको रक्तदान कार्यक्रमका लागी अवश्यक तयारी पुरा भएको संयोजक राजु चन्दले जानकारी दिए ।

चन्दले यही फागुन १४  गते बिहान ९ बजेदेखि धनगढी स्थित समाजको सचिवालय रहेको पदमा नर्सिङ कलेजको प्राङ्गणमा हुने रक्तदान कार्यक्रममा सहभागी भई रगत दान गर्दै जीवन दान गर्न सबैमा आग्रह समेत गरेका छन् ।

बैतडी समाज कैलालीले यस अगाडी ६ पटक रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न गरिसकेको छ ।