धनगढीका कोरोना संक्रमित पुरुषको मृत्यु, तीन जनामा संक्रमण

धनगढीका कोरोना संक्रमित पुरुषको मृत्यु, तीन जनामा संक्रमण

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २६ नमुना परीक्षण गरिएकोमा थप ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा तीनजना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । हाल अस्पतालमा एकजना संक्रमित विरामी उपचाररत छन् । यस्तै पछिल्लो २४ घण्टामा कैलालीका थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

जिल्लाको धनगढी उप-महानगरपालिका वडा नम्बर १ का ७२ बर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।