एमसीसीबारे सरकारमा भएकाहरू नै अलमलमा छन्, सडक र सदन मध्ये एक रोज्नु पर्‍यो : पाण्डे

एमसीसीबारे सरकारमा भएकाहरू नै अलमलमा छन्, सडक र सदन मध्ये एक रोज्नु पर्‍यो : पाण्डे

धनगढी । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकारमा रहेका दलहरुनै एमसीसीको बारेमा प्रस्ट नभएको छाएका छन् । एमालेले धनगढीमा आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा सहभागी हुन धनगढी पुगेका पाण्डेले प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा कुनै पनि पार्टीले सडक र सदन मध्ये एक रोज्नुपर्ने भएकोले सरकारमा रहेका पार्टीहरूले दोहोरो भूमिका खेली रहेको आरोप समेत लगाएका छन् । 

नेता पाण्डेले एमसीसी दुई तिहाइको एजेण्डा नभएको र सरकार आफैमा बहुमतमा हुने भएकाले यो विषयलाई  सरकार आफैले टुङ्गो लगाउनु पर्नेमा जोड दिए । एमालेले किन एमसीसीको विषयमा आफ्नो धारण प्रस्ट नबनाएर आफ्नो छवि बिगार्दै छ ? कि हामी एमसीसीको पक्षमै छौँ तर बोल्दैनौँ भन्ने भएर प्रस्ट धारणा नबनाएको ? भन्ने प्रश्नको जवाफ दिँदै नेता पाण्डेले, ''सरकार जहिले पनि बहुमतमा हुन्छ । बहुमतले पेस गरेको प्रस्ताव स्वतह पारित हुन्छ । यो दुई तिहाइको एजेण्डा हैन । दुई तिहाइको एजेण्डा नभएको हुनाले हामीले निर्णय गरेका छैनौँ । यो पास गर्ने जिम्मेवारी सरकारको हो । प्रति पक्षले त बजेट आवश्यक छ । भन्ने थाहा पाउँदा पाउँदै पनि बजेटमा भोट हाल्दैन । बजेट पास गर्ने जिम्मा सरकारको हो ।'' उनले भने । 

यस्तै, नेता पाण्डेले सरकारमा बसेकाहरू नै विपक्षमा भोट हाल्ने कुरा छ । सरकार पनि मेरो सडक पनि मेरो भन्ने यो पाइन्छ र भन्दै प्रश्न गरेका छन् । ''सरकारमा बस्ने विपक्षमा भोट हाल्ने ? अनि सडक पनि मेरो सदन पनि मेरो भन्न पाइन्छ ? अनि विपक्षलाई प्रस्ट हुन भनेर हुन्छ ? विपक्षले त सरकारको ओपनियन माग्ने न हो । हामी मागिराखेका छौँ । अहिले सम्म  सरकार नै अलमल छ ।''  उनले भने । 

नेता पाण्डेले सरकारले एमालेले उठाएका मागहरू, सांसदहरूलाई कारबाही गर्ने र सभामुखले आफ्नो कर्तव्य बाट किन चुक्नु भयो भन्ने माग नै पुरा नभएको बताउँदै आज देखी भोलि सम्ममा एमसीसी  बारे छिनोफानो हुने बताएका छन् । यस्तै उनले देश आर्थिक सङ्कट तर्फ धकेलिँदै गएको समेत बताए ।