कञ्चनपुरमा एक बालिका मृत फेला : बलात्कार पछि हत्या गरिएको आशंका

कञ्चनपुरमा एक बालिका मृत फेला :  बलात्कार पछि हत्या गरिएको आशंका

कञ्चनपुरः कञ्चनपुरको भीमदत्तनगरपालीका– १८ निम्बुखेडामा शुक्रबार १३ वर्षीया बालिका निर्मला पन्त उखु बारीमा मृत अवस्थामा फेला परेकी छन्।

भीमदत्त नगरपालिकाको वडा नं २ कोल्टी घर भएकी बालिकाको बलात्कार पछि हत्या गरिएको आशंक गरिएको छ।

बालिकाको शरीरको तल्लो भागको लुगा खोलिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेटीले बताए।

मृत्युको कारण बारे अनुसन्धानको कार्य अगाडी बढाइएको उनले जानकारी दिए।