एमसीसी पारित गरेको विरोध प्रर्दशनमा कञ्चनपुरमा दुई जना घाइते

एमसीसी पारित गरेको विरोध प्रर्दशनमा कञ्चनपुरमा दुई जना घाइते

धनगढी । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी , ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले दलले एमसीसी पारित गरेको भन्दै खारेजीको माग गर्दै आज नेपाल बन्द गरेका छन्। 

जसको प्रभाब सुदूरपश्चिम प्रदेशमा आंशिक रुपमा परेको छ । बन्दका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा सार्वजनिक छिटफुट मात्र सवारी - साधन चलेका छन् ।  

मुख्य शहरहरु धनगढी, महेन्द्रनगर, डडेल्धुरा, दीपालय लगायतका मा बन्दको प्रभाव परेको छ । लामो दूरीका सवारी साधन चल्न नसक्दा यात्रु लाई सास्ती भएको छ ।

बन्दमा शान्ती सुरक्षालाई मध्येनजर गर्दै कैलालीका मुख्य मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

महेन्द्रनगरमा भने एमसीसी अनुमोदनको बिरोधमा नेत्र बिक्रम चन्द विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तामामाथि प्रहरीले  लाठी चार्ज गरेको छ । प्रहरीको लाठी चार्जबाट दुई जना घाइते भएका छन् ।

विप्लव निकट युवा संगठन कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र ऐरी र अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव हरिष ऐरी घाइते भएको अखिल क्रान्तिकारीले जनाएको छ घाइतेहरुको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।