सुदूरका युवाको प्रम देउवालाई प्रश्न, 'महाकाली र कोसी सम्झौताले जनताले कति दुःख पाए थाहा छ?'

सुदूरका युवाको प्रम देउवालाई प्रश्न, 'महाकाली र कोसी सम्झौताले जनताले कति दुःख पाए थाहा छ?'

धनगढी । हिजो मात्रै संसदमा बहुमत सदस्यले एमसीसी अनुमोदन गरेको निर्णयको विपक्षमा युवाहरूले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिएका छन् । सोमबार युवाहरूले एमसीसी अनुमोदनको विरोध स्वरूप भिख मागेर देश चल्छ र ? लगायतका पर्चा पम्प लेट सहित ९ जनको सुलहे प्रदर्शन गरेका हुन् । 

एमसीसी बारे संसदमा विस्तृत छलफल नै नगरी देशको हित विपरीत नेताहरूले एमसीसी पास गरेको भन्दै युवाहरूले मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिएका हुन् । 

उनीहरूले भिख मागेर देश चल्छ र ?, मेरो देश बिरामी नो एमसीसी, देशको लागी लड्ने मान्छे सालिक भएछ, देशद्रोही पो मेरो देशको मालिक भए छ ।, नेपाली हामी रहौला कहाँ नेपालै नरहे, टाउकेहरू मुर्दावाद, खोक्रो राष्ट्रवाद मुर्दावाद, कोरोना भन्दा घातक नेताहरू भए, अमेरिकी साम्राज्यवाद मुर्दावाद, मेरो देश बेचियो लगायतका पर्चा पम्प लेट सहित धर्ना दिएका छन् । 

कक्षा १२ मा अध्ययनरत उनीहरूले सुदूरका विभिन्न कार्यालयमा  धर्ना दिने कार्यक्रम रहेको बताएका छन् । धर्ना कार्यक्रममा सहभागीहरूको प्रतिनिधित्व गर्दै सहभागी युवा सुरेश चलाउनेले भने,  ''एउटा नेपाली युवा भएको नाताले आफ्नो देशलाई के भइरहेको देशमा कस्तो आपत्ति आई लागेको छ ? त्यो हामीले पनि चासो राख्ने गरेका छौँ । हतार हतारमा छलफल नै नगरी एमसीसी पास गरिदा कसरी हामी चुप लागेर बस्ने ? अहिले देश बेचियो हामी सहन सक्दैनौँ ।'' 

त्यस्तै, देश द्रोहीहरूको साथ नलिनु पर्ने र नेता भन्दा पनि पहिला देशलाई हेरेर मनन गर्न उनीहरूको आग्रह छ । धर्ना कार्यक्रममा सहभागी अर्का युवकले भने, “नेपाली आमा आज रोइरहेकी छन् । पहिला आफ्नो देश हेरौँ त्यस पश्चात् अन्य कुरा ।” उनले भने । सबै नागरिकले देशका लागी आफ्नो मनबाट सोचेर आन्दोलनमा सहभागी हुन समेत आग्रह गरेका छन् । 

महाकाली सम्झौताले गर्दा कञ्चनपुरका कति जनताले दुख भोग्नु परेको छ ? थाहा छ । भनी प्रश्न गर्दै उनीहरूले, कोसी सम्झौता गर्दा खेरी पनि शेर बहादुर देउवाले त्यस्तै राष्ट्रिय हितकै सम्झौता भनेको र अहिले एमसीसीलाई पनि त्यही भनिएको छ । मान्ने आधार के, किन्न मान्ने भन्दै प्रश्न माथि प्रश्न गरेका छन् । 

भिख मागेर रङ्गशाला बनिरहेको छैन । यहाँ देश बन्ने, चल्ने कुरा टाढाको भएको युवाहरूको भनाई थियो । सबै सांसदहरूले अमेरिकी साम्राज्यवाद लाई बढवा दिएको बताउँदै खोक्रो राष्ट्रवाद देखाएको आरोप युवाहरुले लगाएका छन् ।

साथै मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो आवाज सम्बन्धित ठाउँ सम्म पुगाइदिने उनीहरूको विश्वास रहेको छ ।