एनसेलको अल टाइम डेटा प्याक सार्वजनिक, यस्ता छन् सेवा ?

एनसेलको अल टाइम डेटा प्याक सार्वजनिक, यस्ता छन् सेवा ?

आजियाटाले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्राहककालागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । यसका साथै ननस्टप युट्युब अफरअन्तर्गतको एउटा अल टाइम डेटा प्याकको भोल्युम उही शुल्कमा दोब्बर प्रदान गरेको छ । 

नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसिमा रहेको ५ जिबी अल टाइम डेटा ग्राहकले करसहित एक सय २५ रुपैयाँमा सुरू गर्न सक्छन् । त्यस्तै, ननस्टप युट्युब प्याकअन्तर्गत ग्राहकले करसहित १ सय ४७ रुपैयाँमा सात दिनको समयसिमा रहेको ४ जिबी अल टाइम डेटा, भाइबर म्यासेजिङका लागि छुट्टै ५०० एमबी डेटा र युट्युबमा ननस्टप पहुँच पाउँन सक्नेछन्।

पहिले ग्राहकहरूले यस युट्युब प्याकमा यही मूल्यमा २ जिबी अल टाइम डेटा पाउँदै आएका थिए। अब यो भोल्युम बढेर ४ जिबी भएको हो। 

यी प्याकहरू आज मंगलबारबाट सञ्चालनमा ल्याइएका हुन्। ग्राहकले *17123# डायल गरी नयाँ ५ जिबी अल टाइम डेटा प्याक सुरू गर्न सक्छन्। त्यस्तै, ग्राहकले ननस्टप युट्युबसँग बन्डल गरिएको ४ जिबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ डेटा बन्डल पनि *17123#  डायल गरी प्राप्त निर्देशन अनुसार सुरू गर्न सक्छन्।

ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरू खरिद गर्न सक्छन् । यी प्याकहरू सुरू भएको दिनबाट ७ दिनको लागि मान्य हुनेछ । डेटा प्याक अन्तर्गत नयाँ अल टाइम डेटा प्याक र ननस्टप युट्युब प्याकमा पुरानै मूल्यमा दोब्बर अल टाइम डेटासहित भाइबर म्यासेजिङका लागि छुट्टै डेटाले ग्राहकलाई थप मूल्य प्रदान गर्दै कुनैपनि समय सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।