नेपालमा थप १५८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

नेपालमा थप १५८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ५०४ जनामा गरिएको परीक्षणका क्रममा सो संख्यामा संक्रमित फेला परेका हुन् । 

मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११९३८ पुगेको छ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ९७१ पुगेको छ।  पछिल्लो २४ घण्टामा ३५४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।