अब टिकटकमा १० मिनेटसम्मको भिडियो अपलोड गर्न पाइने

अब टिकटकमा १० मिनेटसम्मको भिडियो अपलोड गर्न पाइने

टिकटकमा अब १० मिनेटसम्मको भिडियोहरू अपलोड गर्न सकिने भएको छ । युट्युबलाई चुनौती दिँदै टिकटकले नयाँ फिचर ल्याएको हो ।

टिकटकको अभिभावक कम्पनी बाईटडान्सले १० मिनेट लामो भिडियोहरू अपलोड गर्ने सेवा सुरु गर्न पाउँदा खुसी भएको कम्पनीले बताएको छ । टिकटकका अनुसार यसले विश्वभरका सिर्जनाकर्ताहरूको रचनालाई थप उत्प्रेरित गर्नेछ । 

टिकटकमा शुरूमा १५ सेकेण्डको भिडियो अपलोड गर्न सकिन्थ्यो तर प्रयोगकर्तालाई ध्यानमा राख्दै त्यसलाई ६० सेकेण्ड, तीन मिनेट हुँदै हाल १० मिनेटसम्मको भिडियो अपलोड गर्न सर्न सकिने व्यवस्था गरेको हो । 

लामो भिडियोहरूले टिकटकका सिर्जनाकर्ताहरूलाई थप पैसा कमाउन र प्लेटफर्मको विज्ञापन व्यवसायलाई बढावा दिन सक्षम बनाउन सक्ने बताइएको छ ।