युक्रेन संकटग्रस्त अवस्थामा रहे पनि केही नेपाली स्वदेश फर्कन नचाहने

युक्रेन संकटग्रस्त अवस्थामा रहे पनि केही नेपाली स्वदेश फर्कन नचाहने

परराष्ट्र मन्त्रालयका अनुसार करिब ३ सय नेपाली युक्रेनमा अलपत्र छन्। जर्मनीस्थित नेपाली दूतावासले युक्रेनमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिइरहेको छ। 

लाखौँ खर्चेर रोजगारी र अध्ययनका लागि युक्रेन गएकाले तत्काल स्वदेश फर्किन नचाहेको उनीहरुले बताइरहेका छन्। 

दूतावासले परराष्ट्र मन्त्रालयलाई हालै लेखेको पत्रमा युक्रेन संकटग्रस्त अवस्थामा रहे पनि केही नेपाली भने स्वदेश फर्किन चाहेका छैनन्। 

नेपाली युक्रेन छोडेर अन्य युरोपेली मुलुकतिर छिर्न थालेका छन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपाल र बंगलादेश लगायत छिमेकी मुलुकका युक्रेनमा अलपत्र परेका नागरिकको उद्धार गर्न भारत तयार रहेको भारतीय सञ्चारमाध्यमसमक्ष बताएका छन्। 

कोरोना महामारी र अफगानिस्तान संकटका बेला आफ्ना नागरिक उद्धार गर्दा भारत सरकारले नेपाली नागरिकको पनि उद्धार गरेको उनले बताए। 

रुसी आक्रमणले संकटग्रस्त युक्रेनबाट नेपाली नागरिकलाई उद्धार गरिदिन नेपाल सरकारले भारत सरकारसँग आग्रह गरेको छ।