६ वटा बिभागका विशेषज्ञ चिकित्सकहरुको टोली बाट प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा निशुल्क स्वास्थ शिविर हुने

६ वटा बिभागका विशेषज्ञ चिकित्सकहरुको टोली बाट प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा निशुल्क स्वास्थ शिविर हुने

धनगढी । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय कैलाली अत्तरियाको प्रांगणमा निशुल्क स्वास्थ शिविर सन्चालन हुने भएको छ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जको ३८ औं बार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी अस्पताल र नेपाल प्रहरी श्रीमती संघको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको प्रांगणमा यही फागुन २१ र २२ गते निशुल्क स्वास्थ शिविर सञ्चालन हुने भएको हो ।

दुई दिन सम्म सन्चालन हुने शिविरमा चर्म रोग, आँखा, नाक, कान तथा घाँटी सम्बन्धी समस्याहरुका साथै नर्सिङ बिभाग, मेडिसिन बिभाग, अर्थो बिभाग, गाइनो बिभाग र फार्मेसी बिभाग बाट विशेषज्ञ चिकित्सकहरुले विभिन्न सेवा दिनुका साथै र निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

बिहान ८ बजे देखि साँझ ६ सम्म चल्ने शिविरमा स्वास्थ्य चेकजाँच गरि स्वास्थ्य सेवा लिन सम्पुर्ण सर्वसाधारणहरुमा अनुरोध गरिएको छ ।