नेपालमा थप १२६ जनामा कोरोना पुष्टि, ३८५ जना निको

नेपालमा थप १२६ जनामा कोरोना पुष्टि, ३८५ जना निको

पछिल्लो २४ घण्टामा एक सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पीसीआर र एन्टीजेन गरी आठ हजार नौ सय ३३ जनाको नमुना परीक्षण गर्दा एक सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ८५ जना निको भएका छन् । थप एक जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ४५ जना पुगेको छ। यसैबीच पछिल्लो २४ घण्टामा ३७ हजार एक सय ९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

नेपालमा अहिलेसम्म एक करोड ८५ लाख २२ हजार पाँच सय ९५ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् । तीमध्ये एक करोड ७६ लाख ८१ हजार ४३ जनाले पूर्णमात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामध्ये ९० प्रतिशतले कम्तीमा पहिलो मात्रा खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।