सुदूरपश्चिममा थप तीन जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप तीन जनामा कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ७५३ जनाको एन्टिजेन र ५६ जनाको पीसीआर परीक्षण गर्दा थप तीन जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा २ सय १४ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ । उनीहरुमध्ये ३ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ ।