धनगढी । सुदूरपश्चिम प्रदेशमा थप २ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८७४ जनाको एन्टिजेन र १० जनाको पीसीआर परीक्षण गर्दा थप २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । प्रदेशमा १ हजार ८३ जना सक्रिय संक्रमित पुगेका छन् ।
उनीहरुमध्ये ३ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ ।