धनगढीमा एक युवकको शव नालीमा फेला, पहिचान खुल्न बाँकी

धनगढीमा एक युवकको शव नालीमा फेला, पहिचान खुल्न बाँकी

धनगढी । कैलालीमा एक जनाको शव फेला परेको छ । जिल्लाको धनगढी उपमहानगरपालिकामा वडा नम्बर ५ को जाँई-शिवनगर सडकस्थित केराबारीमा अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको हो । 

आज बिहान १० बजे उनको शव नालीमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । 

मृतकको पहिचान खुल्न सकेको छैन् । साथै घटनाको अनुसन्धान कुकुरको प्रयोग गरि विभिन्न कोण बाट अनुसन्धान भइरहेको डीएसपी जोशीले बताए ।