सेती प्रयोगशालामा ४८ नमुना परीक्षण गर्दा थप दुईजना कोरोना पुष्टि

सेती प्रयोगशालामा ४८ नमुना परीक्षण गर्दा थप दुईजना कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४८ नमुना परीक्षण गर्दा थप दुई जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा एकजना संक्रमित विरामीको उपचार भइरहेको छ ।