रेखा थापाको उजुरीमा पक्राउ परे एकजना युट्युबर

रेखा थापाको उजुरीमा पक्राउ परे एकजना युट्युबर

बलात्कार आरोप लागेका नायक पल शाहको बारेमा नायिका रेखा थापाले टिप्पणी गरेपछि नायिका थापाविरद्ध असभ्य टिप्पणी गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरोले गुल्मीका भनभने ९ घर भएका राहुल थापालाई पक्राउ गरेको हो।

ब्यूरोका एसएसपी नवीन्द अर्यालका अनुसार उनी सेलेब युट्युब च्यानलका सञ्चालक हुन्। रुपन्देही बस्दै आएका २१ वर्षीय थापाले नाबालिग गायिका र नायिका रेखा थापामाथि मानमर्दन हुनेगरी टिप्पणी गरेको त्यस प्रकारका सामाग्री आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गरेको आरोप लागेको छ।

जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर उनीमाथि ब्यूरोले अनुसन्धान अघि बढाएको छ।