सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि मनायो ११२ औँ नारी दिवस, कसले के भने ?

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि मनायो ११२ औँ नारी दिवस, कसले के भने ?

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पनि ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । यस वर्ष “सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता” भन्ने नारालाई आत्मसाथ गर्दै मन्त्रालयले भव्यताका साथ आफ्नै प्राङ्गणमा ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस २०७८ मनाएको हो । 

विभिन्न झाँकी र प्रस्तुति सहित मनाइएको कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी क्षेत्रमा कार्यरत नागरिक अगुवा तथा राजनीतिज्ञहरूले आफ्नो धारण राखेका थिए । 

सोही क्रममा आफ्नो धारणा राख्ने क्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य अमर ब. साउँदले नारीहरूको सम्मानमा प्रत्येक वर्षझैँ सृष्टि निर्माण र देश निर्माणमा अहम् भूमिका रहेकाका महिलाको सम्मानको लागी दिवस मनाइँदै आइरहेको बताए । साउँदले संविधान र कानुमा अधिकार उल्लेख गरे अनुरूप महिलाहरूले उपभोग गर्न नपाएको र कार्यान्वयन चरणमा अझै पनि समस्या रहेकोले सो कुराको सुधारका निम्ति सबैले ध्यान दिनुपर्ने बताए । 

त्यस्तै, कार्यक्रममा आफ्नो धारणा राख्दै सुदूरपश्चिम प्रदेश सरकारकी राज्यमन्त्री मना कुमारी साउँदले, “अब हामीले फाल्नै पर्छ पिठिउँदाको भारी, संसारलाई सिर्जना गर्ने महान् आमा नारी, चुलो चौका आँगन देखी जन्जिर तोड्नु छ । समानता निर्माण गर्न अगाडी बढ्नु छ ।” भन्दै गीत मार्फत नारी महिलाहरूको अधिकारको लागी अझै सशक्त भएर लाग्नु पर्ने आवश्यक रहेको बताइन् । उनले महिलाहरूले आफ्नो मताधिकार तथा राजनीतिक र आर्थिक अभिकार सुनिश्चित गर्न आफूहरू संघर्स गरिरहेको र हरेक महिलाहरूले आत्म संर्घष गर्न आवश्यक रहेको बत्ताइन् । 

यस्तै, कार्यक्रममा सहभागी प्रदेश सरकारकी उप-सभामुख  निर्मला बडाल जोशीले अन्तर्राष्ट्रिय रूपमा अमेरिकाको न्यु वर्क सिटी बाट सुरु भएको महिलाहरूको सशक्त आन्दोलन महिलाहरूको हक, अधिकार, श्रम प्रति सम्मान र श्रममा महिलाहरूको समान सहभागिता हुने र उचित ज्याला पाउनु पर्ने उद्देश्यले आयोजित गरिएको सङ्घर्षबाट खुसीयालीका रूपमा सुरु गरिएको नारी दिवस अहिले पनि मनाउँदै आइरहेको बत्ताइन् ।  बडालले अहिले पनि नेपालमा महिलाहरूले रुममा समान सहभागिता र ज्यालाको आवश्यकताको लागी संघर्ष गरिरहनु परेको बत्ताइन् । उनले कुनै पनि महिलाले आफ्नो श्रमसोसण तथा कुनै पनि खालका हिंसामा परेको महसुस गरेमा गाउँपालिका र नगर/उप-महानगर पालिकाको न्यायिक समितिमा उजुरी दिन आग्रह गरेकी छन् ।

यस्तै, सुदूरपश्चिम प्रदेश सरकारकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता देवी चौधरीले महिलाहरूको हक अधिकारको सुनिश्चितता गर्न कार्यक्रम मनाउँदै आइरहेको बताउँदै महिलाहरूले आफ्नो अधिकारको लागी आफै लड्नु पर्ने र कहिले पनि पछि नपर्नु पर्ने बताइन । चौधरीले श्रमिक महिलाहरूको सम्मान गर्न पति नपर्ने र दाइजो, बोक्सी, छाउपडी जस्ता कुप्रथाको विरुद्ध लड्नको लागी प्रदेश सरकार विभिन्न कार्यक्रम अघि सारेर लागी परेको बत्ताइन् ।
त्यस्तै, कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले  प्रदेशको समृद्धिको आन्दोलनमा साथ साथै हिन्न आग्रह गरेकी छन् । मन्त्री जोशीले नेपालको संविधान २०७२ लाई अक्षरसं पालना गर्न सधैँ अग्रसर रहने प्रतिबद्धता जनाइन् । उनले महिला कार्यकारी भएको देशमा बढी विकास र न्यायको पालना बढी भएको सम्झिँदै देश विकासको लागी कार्यकारी पदहरूमा महिलाहरूको सहभागिता बढाउनु पर्नेमा जोड दिइन् । 
यस्तै, प्रदेश सचिव रिता भण्डारी जोशीले सांसद तथा मन्त्रीहरूले गरेका कुराहरू सह्रानीय भएको र यहाँहरूले औँल्याएका विषय बस्तु सुधार्नको लागी प्रयत्नशील रहनु हुनेछ भन्नेमा विश्वस्त रहेको बत्ताइन् ।  

यसै गरी, सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले  प्रदेश सरकार महिलाहरू लाई न्यायिक क्षेत्रमा मात्र नभई आर्थिक र स्वरोजगारीका क्षेत्रमा समेत अब्बल बनाउन सशक्त ढङ्गले लाग्ने बताए । उनले अबको महिलाहरूले अधिकार मात्र नभई आर्थिक रूपमा सबल हुनु पर्नेमा जोड दिए । 

उक्त कार्यक्रममा धनगढीमा अटो सञ्चालक गरिरहेका ६ जना महिला अटो चालकहरूलाई नगद सहित सम्मान गरिएको थियो । 

सोही कार्यक्रम अन्तरगत सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयको नारी दिवसको अवसर पारी विभिन्न र्‍याली र झाँकी सहित प्रभात फेरी कार्यक्रम समेत गरेको थियो ।

 

प्रभात फेरी ट्राफिक चौराहादेखि सामाजिक विकास मन्त्रालयसम्म र्‍याली निकालिएको र्‍याली कार्यक्रममा परिणत भएको थियो ।  र्‍यालीमा सामाजिक विकास मन्त्री लालबहादुर खड्का लगायत राज्यमन्त्री, विभिन्न राजनीतिक दलका प्रतिनिधि, महिला समूहका पदाधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सहभागिता थियो ।