गोदावरीमा भारतीय नम्बर प्लेटको जिप दुर्घटना

गोदावरीमा भारतीय नम्बर प्लेटको जिप दुर्घटना

अत्तरिया ।  कैलालीमा एक जन्ती बोकेको जिप दुर्घटनामा परेको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नं ४ स्थित गोदावरी मोडमा भारतीय नम्बर प्लेटको जिप दुर्घटनामा परेको हो।

पहाडतर्फ गईरहेको युके ०३७ ए १६७९ नम्बरको जिप गोदावरीको दोस्रो मोडमा नालीमा पसेको प्रहरीले जनाएको छ।

अहिले नालीबाट निकालेर जिप पहाडका लागि छुटेको छ ।  दुर्घटनामा एकजना सामान्य घाईते भएको बताइएको छ।प्रहरीका अनुसार उक्त जिपमा करिव ९ जना सवार थिए।