सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एस लाई स्थापित गर्नुपर्छ : नेता कुँवर

सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एस लाई स्थापित गर्नुपर्छ : नेता कुँवर

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) का नेता शेरबहादुर कुँवरले सुदूरपश्चिम सरकारमा आफ्नो पार्टीलाई स्थापित गर्नुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल गर्ने क्रममा नेता शेरबहादुर कुँवरले सुदूरपश्चिम क्षेत्रका नेताहरुले त्यहाँ आफ्नो पार्टीलाई स्थापित गर्नतर्फ लाग्नुपर्नेमा जोड दिएका हुन । पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठक बुधबारदेखि काठमाडौंमा सुरु भएको हो ।

‘सुदूरपश्चिम सरकारमा काँग्रेसलाई पनि सहभागी गराउने हो कि भन्ने कुरा उठेको छ । त्यहाँ माओवादी र हाम्रो पूर्ण बहुमत छ । काँग्रेसलाई बलियो भनाउने कि हामीलाई स्थापित गर्ने ?,’ उनले भने, ‘उसलाई अहिले पनि उच्च स्थान दिएका छौं । उसले अहिले पनि प्रदेश सरकारलाई ‘रेस्पोन्स’ गरिरहेको छैन । त्यसकारण काँग्रेसलाई हैन हाम्रो पार्टीलाई बलियो बनाउने गरी ध्यान जानुपर्यो ।’