सहायक बन अधिकृत साह घुस सहित पक्राउ

सहायक बन अधिकृत साह घुस सहित पक्राउ

धनगढी : सव डिभिजन वन कार्यालय धनगढीका  एक जना सहायक बन अधिकृत लाई  घुस लिदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले सहायक बन अधिकृत भरत प्रसाद साहलाई घुस लिदै गर्दा पक्राउ गरेको हो।

सुनसरीको ईनर्वा नगरपालिका वडा नम्वर ३ स्थायी घर भएका साहलाई काठ चोरी निकासीको मुद्धा मिलाईदिने भन्दै घुस लिईरहेको अवस्थामा पक्राउ गरिएको हो। अख्तियारका अनुसार कार्यालयमै सेवाग्राहीबाट ३० हजार घुस लिदै गर्दा उनलाई पक्राउ गरिएको हो।