मुख्यमन्त्री भट्टको प्रतिबद्धता : 'घोडाघोडी पन्छी अभयारण्य क्षेत्रमा भ्यु टावर बनाउँछौँ'

मुख्यमन्त्री भट्टको प्रतिबद्धता : 'घोडाघोडी पन्छी अभयारण्य क्षेत्रमा भ्यु टावर बनाउँछौँ'

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले घोडाघोडी पन्छी अभयारण्य क्षेत्रमा आउँदो आर्थिक वर्षमा प्रदेश सरकारले भ्यु टावर बनाउने बताएका छन् । शुक्रवार घोडाघोडी पन्छी अभयारण्य घोषणा समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले पन्छी जति सुकै पैसा लागे पनी आउँदो आर्थिक वर्षको बजेटबाट प्रदेश सरकाले भ्यु टावर बनाउने प्रतिबद्धता जनाएका हुन् । 

मुख्यमन्त्री भट्टले अभयारण्य क्षेत्र घोषणा गरेर मात्रै नहुने बताउँदै यसको संरक्षणको दायित्व सबैको रहेको बताए । 

उनले घोडाघोडीको धार्मिक र प्राकृतिक ऐतिहासिकता बचाउने गरी स्थानीय नागरिक देखी सबैले संरक्षण गर्न आह्वान गर्दै प्रदेश सरकारले घोडाघोडी बर्ड सेन्चुरी क्षेत्रमा भ्यु टावर बनाउने घोषणा गरेका छन् । 

“सरकारले घोषण गर्‍यो भनेर ढुक्क नबस्नु होला, सबै स्तरबाट विशेष गरी यहाँका स्थानी उपभाक्ताहरु को पहल जो अहिले पंन्छि अभायरण्य घोषणा गर्न सम्म भूमिका खेल्नु भएको छ । त्यसै गरी अझ थप जिम्मेवार भएर स्थानीय र प्रदेश सरकारलाई सघाउनु हुने छ । यहाँ एउटा अग्लो भ्यु टावर प्रदेश सरकाले बनाउने छ । आगामी वर्षको बजेटमा जति नै पैसा लागे पनि यहाँ प्रदेश सरकारले भ्यु टावर बनाउने छ भन्ने प्रतिबद्धता गर्द छु ।” उनले भने ।