आजको मौसम

आजको मौसम

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

देशको गण्डकी  तथा कर्णाली प्रदेशका उच्च पहाडी भूभागमा आंशिक बदली रहि वाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको प्रदेश १,बाग्मती र गण्डकी प्रदेशको पहाडी भुभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको उच्च हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती देशभर मौसम सामान्यतया सफा रहने छ।

देशका प्रदेश १ र गण्डकी प्रदेशको  पहाडी  भुभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहनुको साथै मध्य तथा पूर्वी भूभागका उच्च हिमाली भूभागमा एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।