युवा परिषद् सुदूरपश्चिम प्रदेशद्वारा आयोजित नमुना युवा संसद् अभ्यास सम्पन्न

युवा परिषद् सुदूरपश्चिम प्रदेशद्वारा आयोजित नमुना युवा संसद् अभ्यास सम्पन्न

धनगढी । युवा परिषद् सुदूरपश्चिम प्रदेश द्वारा आयोजित नमुना युवा संसद् अभ्यास समापन भएको छ । कार्यक्रम सञ्चालन भएको छैटौँ दिन आईतबवार एक कार्यक्रमका बिच नमुना युवा संसद् अभ्यास समापन गरिएको हो । 

सो कार्यक्रममा ६ दिन देखी प्रशिक्षण गराइएका ९० जना सहभागगि हरूलाई प्रमाण पत्र र ३ जना प्रशिक्षकहरूलाई मायाँको चिनो प्रदान गरिएको थियो । 

कार्यक्रममा सहभागी सुदूरपश्चिम प्रदेश युवा सञ्जालकी अध्यक्ष बसन्ती सापकोटाले नमुना युवा संसद् अभ्यास कार्यक्रममा सुदूरपश्चिमको ९ ओटै जिल्लाबाट युवाहरूको सहभागिता रहेको र सुदूरका महिलाहरू समेत सक्षम भन्ने पुष्टि भएको बताइन । उनले यसबाट युवाहरूले संसदमा बजेट विनियोजन कसरी हुन्छ ? सांसदहरूले बोल्ने आफ्नो धारणा कसरी राख्छन् ? भन्ने लगायतका विषयहरू बारे जानकारी पाएको र आफूले थाहा पाएको ज्ञानलाई हल भित्र मात्रै सीमित नराखेर युवाहरूले गाउँ(गाउँमा पुर्‍याउन आग्रह गरेकी छन् । भने नमुना युवा संसद् अभ्यासले महिला हरू कमजोर हुन्छन् ? पुरुष जति सक्षम हुँदैनन् भन्ने भनाई लाई समेत तोडिएको सापकोटाको भनाई छ ।  

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरले प्रदेश युवा परिषद् र प्रदेश सरकार विशेष गरी सामाजिक विकाश मन्त्रालय युवाहरूको साथमा रहेको र सुदूरका युवाहरू ऊर्जावान् रहेको बताए । उनले केही दिन अगाडी मात्रै युवा वैज्ञानिक सम्मेलन सम्पन्न गरेको सम्झिँदै सुदूरका युवाहरू क्षमता वान भएको र राज्य पक्षबाट अझै सहयोग रहे अर्थपूर्ण उपलब्धि हासिल गर्ने कुरा प्रदेश सरकारलाई विश्वस्त हुन आग्रह समेत गरे । 

यस्तै, कार्यकारी उपाध्यक्ष युवराज कुँवरले आगामी चैत्र मसान्तभित्रमा प्रदेश स्तरीय युवा महोत्सव आयोजना गर्न लागेको समेत बताएका छन् । उनले प्रदेशमा युवाहरूको सक्रियता र युवा सशक्तीकरणका लागि महोत्सवको आयोजना गर्न लागेको स्पष्ट पारे । 

प्रदेश युवा परिषद्को वार्षिक बजेट अन्तर्गत तय गरिएको उक्त महोत्सवका लागि झन्डै २८ लाखको बजेट छुट्याईएको कुँवरको भनाई थियो । महोत्सवमा प्रदेशभरिका ३५० जना युवा सहभागी हुने बताउँदै उनले बाहिर राखिने स्वरोजगार स्टलहरूमा सबैले अवलोकन गर्न सकिने बताएका छन् । आवश्यक सबै कुराको व्यवस्थापन हुन सके चैत्र मसान्तभित्रमा महोत्सव आयोजना गरिने कुँवरको भनाई रहेको छ । 

त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लाल ब. खड्काले प्रदेश सरकार युवाहरूको क्षमता वृद्धि विकासको निम्ति दैनिक गृहकार्यमा जुटेको बताएका छन् । मन्त्री खड्काले नमुना युवा संसद् अभ्यास सफल भएको बताएका छन् । नमुना युवा संसद् अभ्यास सफल भएको छ । भन्ने तपाईँहरूको ताली बजाएको बाटै प्रस्ट बुझिएको छ । तपाईँहरूले सक्षम प्रशिक्षक पाउनुभएको रहेछ । भन्ने कुराको पनि यो पुष्टि हो । यहाँ बाट सिकेको ज्ञान साथीभाइहरू समक्ष पनि बाँड्नु हुने छ र व्यवहारमा पनि उतार्नु हुने छ । भन्ने कुरामा विश्वस्त छु । उनले भने । 

प्रदेश सरकाले युवा लक्षित विभिन्न कार्यक्रमहरू, स्वास्थ्य, शिक्षा, विकास तथा उत्पादन मूलक र व्यवशायीक क्षेत्रहरूमा समेत सफलता मिल्ने गरी काम थालेको मन्त्री खड्काको भनाई थियो ।