मोबाइल हरायो ? कसरी डिलिट गर्ने हराएको मोबाइलको डाटा ?

मोबाइल हरायो ? कसरी डिलिट गर्ने हराएको मोबाइलको डाटा ?

मोबाइल हाम्रो जीवनको अभिन्‍न अंग भैसकेको छ । मोबाइलको आगमनसँगै हाम्रा धेरै कामहरू सहज ढंगले हुने गरेका छन् । मोबाइलको प्रयोगबाटै हामीले स्वदेशदेखि विदेशसम्म सजिलै फोन गर्न तथा अन्य सन्देश पठाउन सम्भव भएको छ । प्रविधिको विकाससँगै मोबाइलमा नै उच्च गतिको इन्टरनेट तथा फोटोरभिडियो खिच्‍नसमेत मिल्ने भएको छ । 

हाल कार्यालयको काम देखि समाचार, टेलिभिजन, फिल्म हेर्न समेत मिल्ने मोबाइल बजारमा पाइने गरेका छन् । मोबाइलमा हुने कतिपय विशेषताहरूले हामीलाई सहज रूपमा डाटाहरू राख्‍न मिल्ने गरेको छ । यदि यो मोबाइल हराएमा भने हाम्रो मोबाइलमा भएका महत्वपूर्ण डाटा अन्य व्यक्तिको हातमा पुग्‍न सक्छ। 

हाम्रा व्यक्तिगत डाटाहरू दुरुपयोग नहोस र त्यो डाटाहरु अनावश्यकरुपमा प्रयोगमा नआवोस भन्‍ने चिन्ता सबैलाई हुन्छ । हराएका फोनको डाटा अरूको हातमा नपरोस भन्‍ने चाहानुहुन्छ भने तपाईंले तल दिइएको उपाय अपनाउन सक्नुहुन्छ जसले गर्दा महत्वपूर्ण डाटा अन्य व्यक्तिको हातमा पुग्नबाट रोक्न सकिन्छ ।

यसरी डिलिट गर्नुहोस् हराएको मोबाइलको डाटा
- तपाईंले फोनमा प्रयोग गरेको जिमेल साइन इन गर्नुहोस् ।
- जिमेल साइन इन पश्चात गुगलमा गएर फाइन्ड माइ डिभाइस सर्च गर्नुहोस् ।
- तपाईं सिधैं गुगल डट कम स्लास एड्रोइड फाइन्ड मा जान सक्नुहुन्छ ।
- त्यहाँ तपाईंको मोबाइलको बारेमा जानकारी पाउन सक्नुहन्छ । 
- इन्टरनेटमा मोबाइल भए तपाईंको तत्कालको मोबाइल लोकेशन देखाउँछ । 
- इन्टरनेट नभएमा भने पछिल्लो समयमा जुन ठाउँमा इन्टरनेट कनेक्ट भएको थियो त्यसको लोकेशन देखाउँछ । 
( तपाईंको डाटा डिलिट गर्न चाहानुहन्छ भने इरेज डिभाइसमा गएर सबै डाटा डिलिट गर्न सक्नुहन्छ । 
- यदि तपाईंको मोबाइलमा कुनै सन्देश पठाउन चाहानुहन्छ भने सिक्योर डिभाइसमा गएर सन्देश र फोन नम्बर लेखेर छोड्न सक्नुहन्छ । 
- लेखेर पठाएको सन्देश इन्टरनेटमा कनेक्ट भएपछि फोन लक भएको अवस्थामा समेत देखाउनेछ । 

याद राख्नुहोस यो उपाय एन्ड्रोइड मोबाइलमा मात्र काम गर्नेछ । मोबाइल फोन इन्टरनेटको पहँचभन्दा बाहिर भएमा भने यसले काम गर्देन् ।