स्थानीय तहको निर्वाचन हाम्रो कार्यभार

स्थानीय तहको निर्वाचन हाम्रो कार्यभार

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणा गरे सँगै राजनीतिक दलका गतिविधिमा पनि निकै तीव्रता आएको छ ।

पहिलो-अर्जुन दृष्टिका साथ स्थानीय तहको निर्वाचन सफल पार्न र पार्टीका सबै उम्मेदवारलाई सफल पार्न आफ्नो क्षेत्र बाट कुशलता पूर्वक भूमिका निर्वाह गरेर आफ्नो योग्यताको पर्दशन गर्न कुनै कसर बाकी नराखेर हरेक पार्टी नेता कार्यकर्ताको कार्यभार पूरा गर्न तर्फ लाग्ने ।

दोस्रो-अब सुविधा सम्पन्न सहर बजारमा होइन हरेक नेता कार्यकर्ताले आ आफ्नो कार्य क्षेत्रमा रहेका आधारभूत तहका जनता सँग एकाकार भई पार्टीका नीति,सिद्धान्त र बिचारका बारेमा सुसूचित पार्दै स्थानीय स्तरमा घोषणा पत्रमा समेट्नु पर्ने विषयवस्तुको बारेमा छलफल अन्तरक्रिया गर्ने गराउने ।

तेस्रो-नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले यात्रा समृद्धिको लक्ष्य समाजवादको मूल नारा सहित अहिले देशभरका स्थानीय तहमा रहेका वडा र टोलमा समेत कमिटी गठन गरेर आफ्नो सबै शक्ति स्थानीय तहको चुनावमा केन्द्रित गरे पछि अन्य पार्टीले पनि आफ्नो पार्टीको गतिविधिमा तीव्रता दिन थालेका छन् । वर्तमान समयमा पार्टीको अवस्थाको बारेमा विश्लेषण गर्ने गराउने ।

चौथो-विद्रोह गरेर स्थापित भएको पार्टीले विद्रोह गरेर कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नाका कारण औचित्य आवश्यकताका बारेमा नेता कार्यकर्ता र जनताका बिचमा गएर आफ्नो नीति सिद्धान्त बिचारलाई अनुमोदन गराउने मुख्य कार्यभार रहेकोले त्यसैका लागि एक पटक पार्टीको सबै शक्ति परिचालन गरेर आधारभूत तहका जनताको बिचमा गएर पार्टी काम गरी आफू र पार्टीलाई सर्वश्रेष्ठ साबित गर्न जरुरी देखिएको छ ।

त्यसका लागि आफ्ना मुद्दामा सहमत हुने सबै वामपन्थी शक्ति सँग चुनावी गठबन्धन गरेर अगाडि बढ्ने फैसला गरे अनुसार नेता कार्यकर्ताले परिचालित भएर काम लाई सम्पादन गर्दा राजनीतिक बजारमा नयाँ तरङ्ग फैलिएको छ ।

सरकार गठबन्धन सँग मात्र होइन पार्टी मूल नेतृत्वले देशभर स साना समूहमा छरिएर रहेका कम्युनिस्ट पार्टी सँग पार्टी एकता स्थानीय तहको निर्वाचनमा बाम गठबन्धन गरेर आफ्ना मुद्दा र स्थानीय स्तरका नेता कार्यकर्ता लाई स्थापित गर्नका लागि पार्टीको मूल नेतृत्वले कुनै कसुर बाकी नराखेर अगाडि बढेमा देश जनता कम्युनिस्ट आन्दोलनको चौतर्फी हित हुने हुने भएकोले त्यस दिशामा अघि बढ्नु पर्ने हुन्छ ।

पार्टीले केन्द्र प्रदेश जिल्ला र स्थानीय तहको कमिटीमा प्रचार विभाग लाई सशक्त र चलायमान बनाएर प्रचारको कामलाई युद्ध स्तरमै अगाडि बढाउँदा पार्टीको नीति सिधाान्तलाई बुद्धिजीवी आम नागरिकको बिचमा स्थापित गर्न निकै ठुलो टेवा पुग्ने भएकोले यो कार्यलाई अविलम्ब अगाडि बढाउनका लागि ठोस योजनाका साथ सञ्चार माध्यमका सबै विधालाई पार्टी हितमा प्रयोग गर्न अब कुनै पनि हालतमा ढिलो गर्नु हुँदैन ।

पार्टीका हरेक नेता कार्यकर्ता सञ्चार मैत्री भएर स्थानीय तहको निर्वाचनमा प्रचारको कुनै पनि अभाव नहुने वातावरणको सृजना गर्नु पर्ने हुन्छ ।

नेकपा (एकीकृत समाजवादी) को देशभर एउटा पनि स्थानीय तह जित्न सक्दैन भनेर स्याल कराएको जसरी हल्ला गर्ने देशी विदेशी कम्युनिस्ट आन्दोलनका बिरोधिहरुलाइ बलियो जवाफ दिनका लागि पार्टीले स्थानीय स्तरका आम नागरिकका समस्याको पहिचान गरी समाधानको उपायबारे मसिनो तरिकाले अध्ययन गरेर जनताका जनजीविकाका बारेमा प्रत्यक्ष प्रभाव पार्ने सवालमा केन्द्रित हुनु पर्ने देखिन्छ ।

माथि उल्लेखित पार्टी नेता कार्यकर्ताले इमान्दारपुर्बक पूरा गर्न जिम्मेवारीका साथ अघि बढ्ने हो सुन्दर अनि उज्यालो तपाईँ हाम्रै हातमा छ ।

                                                                                                                    -राजेन्द्र कुँवर