होसियार होलीमा कानुन विपरीत गरे परिएला कारबाही,  कैलाली प्रहरीको तयारी यस्तो ?

होसियार होलीमा कानुन विपरीत गरे परिएला कारबाही,  कैलाली प्रहरीको तयारी यस्तो ?

धनगढी । यसपालि चैत ३ गते पहाडमा र ४ गते रङ्गहरूको पर्व होली परेको छ । सो अवसरमा कैलाली जिल्ला प्रशासन कार्यालय तथा प्रहरी कार्यालय कैलालीले सुरक्षा व्यवस्थामा कडाइ पारिएको जनाएको छ । 

विगत २ वर्ष देखी कोरोना भाइरस कोभिड-१९ का कारण प्रभावित बनेको होली यस पाली भने विभिन्न कार्यक्रमकाको आयोजन गर्दै मनाइने भएको छ । 

यसै बिच जिल्ला प्रशासन कार्यालय कैलालीले होली पर्व मनाउने बहानामा इच्छा विपरीत (जबरजस्ती) रङ दल्ने, लोला तथा पानी छ्याप्ने अवाञ्छित क्रियाकलाप कार्य नगर्न आग्रह गरेको छ । बुधवार प्रशासकीय अधिकृत मिना जोशीले एक सूचना जारी गर्दै आउँदै गरेको रङ्गको पर्व होलीको उपलक्ष्यमा जिल्लावासीलाई शुभकामना दिँदै चाडपर्वको नाममा कसैको इच्छा विपरीत रङ्ग तथा लोला नहाल्न आग्रह गरेकी हुन् । 

चाडपर्वको नाममा अवाञ्छित एवम् कानुन विपरीत कार्य गरे गराएको पाइएमा कानुन बमोजिम कारबाही गरिने समेत जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय कैलाली पनि सूचना जारी गर्दै सौवार्ध वातावरणमा होली मनाउन आग्रह गरेको छ । भने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख,  प्रहरी उपरीक्षक विश्व अधिकारीले हाली नेपालीहरूको ठुलो चाड भएकोले नागरिकहरूले विशेष रूपमा मनाउने र कोभिड केही कम भए पनि निर्मूल नभएको कारण भिडभाड व्यवस्थापन देखी अन्य सुरक्षाको निम्ति कैलाली प्रहरी तैनाथ रहेको बताएका छन् । अनावश्यक अथवा कसैको इच्छा विपरीत रङ्ग लगाएमा अर्थात् कानुन विपरीत अवाञ्छित क्रियाकलाप गरे कानुनी दायरामा ल्याउने समेत प्रहरी उपरीक्षक अधिकारीको भनाई थियो । 

“कुनै पनि घटना नघटोस् भन्नको निम्ति जिल्ला भरीमा विशेष सुरक्षा योजना लागु गरेका छौँ । जस अन्तरगत १२ मोबाइल टोली, ५६ वटा टिकट विकेट, १८ वटा चेकिङ डिउटी लगायत करिब ५ सय जना प्रहरी हाली पर्वको सुरक्षामा खटाइने छ । कसैले, कानुन विरुद्ध अथवा कुनै पनि व्यक्तिका कारण घटना घटेमा कानुनी दायरा ल्याउँछौ भने घटनाको प्रकृति हेरेर सार्वजनिक मुद्दा समेत दायर गछौं ।” उनले भने ।  

प्रहरी उपरीक्षक अधिकारीले सम्पुर्ण कैलाली वासीमा रङ्गहरूको पर्व होलीको शुभकामना दिँदै आफूले रमाइलो गर्दा अरूको अधिकारको समेत ख्याल राख्न आग्रह गर्दै कुनै घटनाको आशङ्का अथवा घटना घटेमा नेपाल प्रहरीको ट्रोल फ्रि नम्बर १०१ मा फोन गर्न समेत आग्रह गरेका छन् । 

त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले पनि जिल्ला प्रहरी कार्यालयको कमाण्डमा खटिएको खोली सँगै सहकार्य गर्दै निर्देशन भए बमोजिम काम गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी निरीक्षक वकिल ब. सिंहले बताए । विशेष गरी शान्ति सुरक्षा सँग सम्बन्धित घटना अथवा मुद्धाहरु जिल्ला प्रहरी कार्यालय जनपद प्रहरीले हेर्ने र सवारी साधन सँग, सडक अनुशासन सम्बन्धी मुद्धाहरु ट्राफिक प्रहरीले हर्ने निरीक्षक सिंहको भनाई थियो । “होलीको समयमा एटै मोटरसाइकलमा ३ जना सवार भएमा, मादक पदार्थ सेवन गरी सवारी साधन चलाएमा र सडक अनुसार नमान्ने सबैलाई कानुनी दायरमा ल्याउन धनगढी मात्रै नभई ब्रेथलाइजर सहित जिल्ला भरिका ट्राफिक पोस्टहरूमा कडाइ गर्न निर्देशन दिइसकेको छुँ ।” उनले भने ।

होली लगायतका विभिन्न चाड पर्वका समयमा कालोबजारी, म्याद गुज्रेका समाग्रीहरु बिक्री वितरण, चोरी लगायतका आपराधिक क्रियाकलापहरू बढी हुने भएकोले प्रहरी मात्रै नभई  राज्यका अन्य निकाय सँगै नागरिकहरू समेत स्वयम आ-आफ्नो स्थान बाट प्रहरी जस्तै जिम्मेवार भई चाड पर्व मनाउन आवश्यक छ । भने जिल्ला प्रशासन, जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरीले जारी गरेका सूचना तथा आदेशहरू पूर्ण कार्यान्वयन भए चाडबाडको बेला मात्र नभई अन्य समयमा पनि आपराधिक क्रियाकलाप र घटनाहरू न्यूनीकरण हुने देखिन्छ ।