बुद्ध एयरको सेवामा लापरबाही र कर्मचारीको आपत्तिजनक व्यवहार

बुद्ध एयरको सेवामा लापरबाही र कर्मचारीको आपत्तिजनक व्यवहार

धनगढी । काठमाडौ देखि धनगढी का लागि उडान भर्ने बुद्ध एयरको जहाज ले तोकिएको समय भन्दा करिब ढाई घन्टा ढिलो उडान भरेको  छ । बिहीबार साँझ ५:२५ बजे उडान समय भएको बुद्ध एयरको जहाज करिब ८ बजे उडेको  हो ।

काठमाडौं विमानस्थलमा यात्रुहरूलाई करिब ३ घन्टा प्रतीक्षा गराउदा सम्म पनि जहाज उडानमा किन ढिलाइ भयो भन्ने समेत जानकारी नदिदा यात्रुहरु छट्पटाई रहेका थिए ।

एक जना यात्रुले जहाज उड्न किन ढिलाइ भएको हो ? कुनै प्राबिधिक कारणले ढिलो भएको हो भने पनि तपाईं हरुले उद्घोष समेत गर्नु भएन भन्ने प्रश्नमा बुद्ध एयरका एक बोर्डिङ पास कर्मचारीले झर्किएर अपमानजनक शैलिमा धेरै चोटि अनाउन्स गरेको तपाईंले सुन्नु भएन भन्दै हावादारी जवाफ दिए।

त्यसपछि उक्त यात्रुले बुद्ध एयर को सोधपुछ डेक्समा गएर प्लेन उडान ढिलाइ र उद्घोष नगर्नुको कारण सोद्दा डेक्सका कर्मचारीले प्लेन उडान कुन समयमा हुन्छ यकिन भन्न नसकिने भएकाले यात्रुलाई प्लेन डिले भएको बारे उद्घोष नगरिएको बताए ।

कुनै प्राबिधिक कारणले प्लेन उड्न ढीलो भएको भएपनि यात्रुहरुलाई उडान ढिलो हुने कुराको उद्घोष गरि जानकारी समेत गरिएन । यसरी प्लेन उडान मा ढिलाइ हुँदा काठमाडौं विमानस्थलमा यात्रु हरुले ढाई - तिन घन्टा सम्म हैरानी खेप्दा सम्म वास्ता नगरिनुमा बुद्ध एयरको लापरवाही देखिन्छ ।