नेपाल दक्षिण एसियाकै पहिलो खुसी देश बन्न सफल , अन्य खुसी देश (सुचीसहित)

नेपाल दक्षिण एसियाकै पहिलो खुसी देश बन्न सफल , अन्य खुसी देश  (सुचीसहित)

वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सबैभन्दा खुसी देश भएको घोषित गरेको छ । 

वर्ल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौं पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो । 

प्रतिव्यक्ति वास्तविक जिडिपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरूजस्ता विभिन्न तत्वका आधारमा विश्व खुसी प्रतिवेदनले सामान्यतया १५० देशहरूलाई क्रमबद्ध गर्दछ ।

सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, स्विट्जरल्यान्ड चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जमवर्ग क्रमशः पाँचौं र छैटौं स्थानमा छन् । 

स्वीडेन, नर्वे र इजरायल क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् भने र न्युजिल्यान्ड दशौँ स्थानमा छ । 

त्यसैगरि नेपाल सूचीको ८५ औं स्थानमा छ । नेपाल दक्षिण एसियामा नै पहिलो स्थानमा छ । भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन। 

नेपालपछि बुलगेरिया र माल्दिम्भ छन् । सूचीमा बंगलादेश  ९९ र पाकिस्तान १०३ औं नम्बरमा छन् । श्रीलंका १२६ औँ स्थानमा छ भने भारत १३६ औं स्थानमा छ । 

सूचीअनुसार अफगानिस्तान विश्वकै सबैभन्दा दुःखी देश बनेको छ । अफगानिस्तानपछि सूचीमा लेबनान र जिम्बाबे छन् ।

सूचीमा नेपालभन्दा तीन स्थानमाथि अर्थात् ८२ औं नम्बरमा चीन छ भने रुस ७४ औं स्थानमा छ । 

युक्रेन भने १०८ औं स्थानमा छ ।