श्रीलंका सबैभन्दा खराब आर्थिक संकटको सामना गदै,परीक्षाका लागि कागज पनि किन्न सकेन

श्रीलंका सबैभन्दा खराब आर्थिक संकटको सामना गदै,परीक्षाका लागि कागज पनि किन्न सकेन

 श्रीलंको पश्चिमी प्रान्तका लाखौं विद्यालयमा कागज नभएपछि परीक्षा रद्द गर्नु परेको छ। 

कोलम्बोसँग आयात गर्नका लागि डलरको कमी भएपछि  श्रीलंकामा समस्या सिर्जना भएको अधिकारीहरूले बताएका छन् ।

शिक्षा अधिकारीहरूका अनुसार परीक्षाहरू, कागजको चरम अभावका कारण अनिश्चित कालका लागि स्थगित गरिएको छ । श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता पाएपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ।
प्रिन्टरहरूले आवश्यक कागज र मसी आयात गर्न विदेशी मुद्रा सुरक्षित गर्न नसक्ने भएकाले विद्यालयका प्रधानाध्यापकहरूले परीक्षा लिन सक्दैनन्, झन्डै ६० लाख जनसंख्या रहेको पश्चिमी प्रान्तको शिक्षा विभागले बताएको छ ।

कक्षा ९, १० र ११ को परीक्षाहरु निरन्तर मूल्याङ्कन प्रक्रियाको अंश हो । विद्यार्थीहरूलाई वर्षको अन्त्यमा अर्को कक्षामा बढुवा गर्नका लागि यो लिइन्छ । आर्थिक सङ्कटबीच अत्यावश्यक आयातका लागि विदेशी मुद्रा सञ्चितिको अभावले मुलुकमा खाद्यान्न, इन्धन र औषधिको अभाव भएको देखाएको छ ।