एनसेलले पायो एसियन टेलिकमका दुई अवार्ड

एनसेलले पायो एसियन टेलिकमका दुई अवार्ड

दूरसञ्चार कम्पनी एनसेल आजियाटा लिमिटेडले दुई विधामा ‘एसियन टेलिकम अवार्ड २०२२’ हात पारेको छ। एनसेलले ‘टेलिकम कम्पनी अफ दि इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ दि इयर’ अवार्ड प्राप्त गरेको हो।

मोबाइल सेवामा गरेका उल्लेखनीय काम र एकीकृत डेटा सेन्टर स्थापनाको सम्मान स्वरूप एनसेललाई उक्त उपाधि प्रदान गरिएको बताइएको छ।

सिंगापुरमा रहेको एसियन बिजनेश रिभ्युले सन् २००३ देखि ‘एसियन टेलिकम अवार्ड’ प्रदान गर्न सुरु गरेको थियो। यो वर्ष भने विभिन्न विधाका विजयी कम्पनीलाई हालै एक भर्चुअल कार्यक्रममार्फत सम्मानित गरिएको छ।