निर्माण सम्पन्न भवनको उद्घाटन गरेको ५ महिना बित्दा समेत धनगढी उपमहानगरपालिकाले गरेन रकम भुक्तानी,मेयर बेखबर

निर्माण सम्पन्न भवनको उद्घाटन गरेको ५ महिना बित्दा समेत धनगढी उपमहानगरपालिकाले गरेन रकम भुक्तानी,मेयर बेखबर

धनगढी । धनगढी उपमहानगरपालिका ले निर्माण व्यावसायीको ५ महिना सम्म भुक्तानी रकम रोक्का गरेको छ ।

उपमहानगरपालिका ले निर्माण सम्पन्न भवनको उद्घाटन गरेको ५ महिना बित्दा समेत एस.ई.कन्स्ट्रक्सन प्रा.लि.लाई भुक्तानी रकम नदिएको हो ।

आर्थिक बर्ष २०७६/ ७७ मा  उपमहानगरपालिकाले नगर स्वास्थ्य भवन निर्माणका लागि आवहान गरेको टेन्डर बाट ठेक्का सम्झौता पाएको एसई.कस्ट्रक्सन प्रा .लि ले धनगढी उपमहानगरपालिका को वडा. न. ३,५,७,८,९,११,१३,१४,१५,१७ र १८ गरि जम्म ११ वटा नगर स्वास्थ कार्यालय भवन का साथै १५ को जनजागृती मा .बि. का भवन हरु २०७८ कार्तिक मा सम्पन्न गरेको थियो।

यसरी भवन निर्माण सम्पन्न गरेको ५ महिना पुगि सक्दा समेत उपमहानगरपालिका ले विल भुक्तानी गर्ने कुरा मा वास्ता नगरेको एस .ई. कन्स्ट्रक्सनका ठेकेदार एकेन्द्र मल्ल ले बताएका छन।

पटक -पटक उपमहानगरपालिका को कार्यालय मा जादा वास्ता नगरिएपछि उनले धनगढी उपमहानगरपालिका का मेयर नृप ओड संग कुराकानी र फोन सम्पर्क गर्दा भोलि -भोलि भनेर आलटाल गर्ने र समय ९समयमा फोन गर्दा फोन पनि नउठाउने गरेको गुनासो गरेका छन् ।

बिल भुक्तानी वाफत २०७८ कार्तिक मा निवेदन दर्ता गरे पनि आजसम्म रकम भुक्तानी नगर्दा आफु र श्रमिक हरु मार मा परेको मल्ल ले बताए छन् । मैले ईस्टीमेट अमाउन्ट को ३९,४०,र ४१ प्रतिशत घटि लिएर निर्माण सम्पन्न गरेको को रकम भुक्तानी अहिले सम्म नगर्नु कहाँ सम्म अन्याय हो उनले भने ,मेरो रकम भुक्तानी नहुदा मैले कामदार हरुलाई ऋण लिएर पैसा दिनु पर्यो उनले थपे 

हामीले निर्माण गरेको नगर स्वास्थ भवन को मेयर ले उद्घाटन गरेर संचालन मा समेत आईसक्दा सम्म आफु लाई रकम भुक्तानी नगरिदा लाई सास्ती भएको उनले बताए ।

यता धनगढी उपमहानगरपालिका मेयर निर्प बहादुर ओड का अनुसार निर्माण कम्पनीले पाउनु पर्ने बजेट रकम संघीय सरकार ले पठानु पर्ने भएकाले ढिलो भएको र आफुले बजेट माग गरेको बताएका छन् ।

तर एकेन्द्र मल्ल भन्छन , बजेट रकम संघीय सरकार ले पठानु पर्ने भएपनी रकम भुक्तानीको जिम्मा उपमहानगरपालिका र मेयरले लिनुपर्ने हुन्छ ।