सुदूरपश्चिम प्रदेश सरकारको अनुदानमा दाइजो कृषि सहकारीद्वारा १२ किसानलाई पावर टिलर हस्तान्तरण

सुदूरपश्चिम प्रदेश सरकारको अनुदानमा दाइजो कृषि सहकारीद्वारा १२ किसानलाई पावर टिलर हस्तान्तरण

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा धनगढी उप महानगरपालिका वडा नम्बर ७ मा रहेको दाइजो कृषी सहकारी संस्थाले १२ जना किसानहरुलाई पावर टिलर वितरण गरेको छ । मुख्यमन्त्री नमुना कृषी गाउँ खाद्यान्न बिउ उत्पादन समन्वय समिति धनगढी कृषी ज्ञान केन्द्र कैलालीले प्रदान गरेको ५० प्रतिशत अनुदानमा कृषी सामग्री पावर टिलर सहकारीले वितरण गरेको हो ।

आज एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका भुमी, ब्यवस्था, कृषी तथा सहकारी मन्त्री बिनिता चौधरीले सो पावर टिलर कृषकहरुलाई हस्तान्तरण गरेकी हुन् । पावर टिलर हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले कृषी क्षेत्रकै बिकासबाट मात्रै सम्बृद्धी ल्याउन सकिने भन्दै, कृषी, मल बिउ बिजनमा जोड दिएको बताइन् ।

हामीले उत्पादन संगै बजारलाई जोड्न खोजिरहेका छौँ मन्त्री चौधरीले भनिन् “उत्पादन बढाउनका लागी यान्त्रीकरणमा हामीले सहयोग गरिरहेका छौँ हामीले कृषी क्षेत्रको बिकासका लागी सहयोग गरेनौँ भने किसान अगाडी बढ्न सक्दैनन् ।” हामीले मुख्यमन्त्री कृषी कार्यक्रम ८८ वटै स्थानिय तहमा लागु गरेका छौँ उनले भनिन् “जहाँ जस्तो उत्पादन हुन्छ त्यहाँ त्यही खेती गर्ने गरी हामीले कार्यक्रमहरु सञ्चालन गरेका छौँ, यस्तै कार्यक्रमले धेरै किसानहरु लाभाम्बित भएका छन् र ब्यवसायिक किसान बन्दै गएका छन् ।”

दार्चुलाको ब्यासका किसानहरु सबै ठाउँमा पछाडी छन् हामीले त्यहाँपनि मुख्यमन्त्री कृषी कार्यक्रम लागु गरेका छौँ उनले भनिन् “हामीले त्यहाँ माहुरीका घार बनाएर बिक्रि गरिरहेका छौँ, किसान अहिले माहुरी पालनबाटै आत्मनिर्भर बन्न थालेका छन्, यस्तो ठाउँमा समेत हामीले रोजगारी श्रृजना गरेका छौँ ।” सिचाई सुबिधा नभएर किसानले सोचेअनुसार उत्पादन गर्न सक्नुभएको थिएन मुख्यमन्त्री कृषी कार्यक्रम लागु भएसंगै किसानको उत्पादन बढेको छ मन्त्री चौधरीले भनिन् “प्रदेश सरकार आएपछि किसानका हरेक समस्यामा सहयोग गरिरहेको छ, तर अनुदान लिएर कामै नगर्ने पाएको सहयोग सामग्री समेत बिक्रि गरेकोपनि हामीले पाएका छौँ अब यस्तो नहोस सरकारबाट पाएको सहयोगबाट आत्मनिर्भर बन्दै अरुलाइ समेत रोजगारी दिनसक्ने गरी काम अगाडी बढाउनुहोला फेरी सरकार सहयोगका लागी तयार छ ।”

कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजवादीका नेता तथा सहकारीका सेयर सदस्य दीर्घ जोशीले प्रदेश सरकारबाट आफ्नो सहकारीलाई भएको सहयोगले यहाँका किसानको जिबिकोपार्जनमा उल्लेख्य सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।

हामी जब आफै उत्पादन र आय आर्जन संग जोडिन सक्दैनौ तब परिवारको भविश्यपनि बनाउन सक्दैनौ जोशीले भने “नेपाल सरकारको तिन खम्बे अर्थनिति अनुसार किसानहरुको जिवन स्तर माथी उकास्न कृषी सहकारीले उत्पादन र किसानको आर्य आर्जनमा टेवा पुग्ने गरी जबसम्म काम गर्देनौ तबसम्म यो सहकारीको औचित्यपनि हुँदैन, मुनाफामुखी सहकारी भन्दापनि दाइजो सहकारीले किसानका लागीनै केन्द्रित भएर काम गरेको छ यस कारणपनि हामी अन्य सहकारी भन्दा निकै फरक छौँ ।”

दाइजो कृषी सहकारी संस्थाका सचिव दिपकराज जोशीले प्रदेश सरकारबाट गत आर्थिक बषमा अनुदानस्वरुप पावर टिलर, एउटा ट्रक लगायतका सामगी्र सहयोग पाएको बताए । यी कृषी सामग्री हामीले यहाँका किसानहरुलाई हस्तान्तरण गरेका थियौँ उनले भने “प्रदेश सरकारको यो महत्वपुर्ण सहयोगले काम गर्ने किसानलाई ब्यवसायीक तर्फ जोडेको छ, आर्थिक अभावका कारण उपकरण प्रयोग गर्न नपाउका किसानहरुलाई अहिले धेरै सहज बनाएको छ ।” यो आर्थिक बर्षका लागी पनि हामीले आज पावर टिलर पाएका छौँ यी सामग्री किसानहरुलाई हस्तान्तरणपनि भइसकेका छन् उनले भने “हामीसंग तरकारी संकलन केन्द्र छ सुपथ मुल्य पसल छ र यी सामग्री सहयोगले हाम्रा किसानका उत्पादन बढ्नेछन् र स्वरोजगारपनि बढ्दै जानेछन् ।”