२४ घण्टामा देशभर ४५ जना कोरोना संक्रमित थपिए

२४ घण्टामा देशभर ४५ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४५ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।

४ हजार ७५२ वटा नमूनामा परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो । 

आज १४७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १३५ पुगेको छ । 

आज संक्रमणका कारण मृत्यु हुनेको संख्या भने शून्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।