पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ५९४ जनाको परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ। ४ सय ८१ जना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या २६८८ रहेको मन्त्रालयले जनाएको छ। 

कोरोना संक्रमण निको हुने दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।