माओवादी केन्द्रले माग्यो दोगडाकेदार गाउँपालिले पाँच बर्षमा गरेका कामको विवरण

माओवादी केन्द्रले माग्यो दोगडाकेदार गाउँपालिले पाँच बर्षमा गरेका कामको विवरण

बैतडी । नेकपा माओवादी दोगडाकेदार गाउँ कमिटीले विगत पाँच वर्षमा दोगडाकेदार गाउँपालिकाले गरेका कामबारे जानकारी लिन सूचनाको हक प्रयोग गरी दर्जन बढी विषयमा सूचना माग गरेका छन् । माओवादी केन्द्र दोगडाकेदार कमिटीका अध्यक्ष तारा सिंह कुवर र सचिव धनबहादुर महराले सूचना हक सम्बन्धी ऐन बमोजिम निवेदनमार्फत ती जानकारी माग गरेका हुन् ।

८ चैत्रमा माओवादी केन्दका अध्यक्ष कुवर र सचिव महराले निवेदन दर्ता गराएका हुन् । नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ र ७ अनुसार जनताको जान्न पाउनु पर्ने हकको संवर्द्धनका लागि सूचना माग गरिएको छ ।

मागिएका सूचनामा २०७४÷०७५ यता हालसम्म विकास निर्माणको कुल खर्च रकम,प्रदेश र सङ्घबाट प्राप्त अनुदानको विवरण, पाँच वर्षको अवधिमा गापाले लिएको गाडी भाडाको पूर्ण खर्च विवरण,इन्धन खर्च विवरण,एनजिओ लाई दिएको अनुदान तथा साझेदारी कार्यक्रमको खर्च विवरण,भम्रणखर्चको विवरण,बेरुजु पछयाट तथा बेरुजुको विवरणै लगायत गाप वाट सम्पादन भएका विकास निर्माण तथा चन्दा अनुदान साझेदारी कार्यक्रमको खर्चको शीर्षकगत विवरण माग गरिएको छ ।

यस्तै, कोरोना भाइरस महामारी नियन्त्रणमा गरिएको खर्चको पूर्ण विवरण, वार्षिकगत आन्तरिक आय विवरण, वार्षिकगत रूपमा आन्तरिक आयको खर्च विवरणको माग गरिएको छ । यसै गरी दान तथा चन्दामा गरिएको खर्चको पूर्ण विवरण, गैरसरकारी संस्थासँगको साझेदारीको पूर्ण विवरण, बोलपत्र नगरी दरभाउ पत्रबाट गरिएका कार्यको पूर्ण विवरण माग गरिएको छ ।

पाँच वर्षको अवधिमा पालिकाबाट गरिएको खर्च विवरण, दिइएका सबै खाले अनुदानको पूर्ण विवरण, भ्रमण भत्ता तथा दैनिक भत्तामा गरिएको खर्चको पूर्ण विवरण, खरिद गरिएका सवारीसाधनको विवरण र खर्च रकमको सूचना माग गरिएको छ । मागेका सूचना कानुनले तोकेको समयभित्रै प्राप्त हुनेमा आफू विश्वस्त रहेको अध्यक्ष तारसिह कुवरले बताए ।

उनले मागेका सूचना सबै स्पष्ठरुपमा प्राप्त नभए कडा आन्दोलन गरिने बताए । पालिकाको पाँच वर्षे कार्यकालमा सत्तापक्षले गरेका सबै कामको प्रस्ट तस्बिर सार्वजनिक हुने बताए । सूचनाको हक सम्बन्धी कानुनअनुसार गाउँपालिकाले मागिएको ढाँचामा सूचना दिनुपर्छ ।

सूचना दिन आनाकानी गरे आफू कानुनअनुसार अगाडि बढ्ने नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बैतडी ईन्र्चाज नरेन्द्र कुवरको भनाई छ । यसअघि नेपाल काँग्रेस पनि नेपाली काँग्रेस दोगडाकेदार ले पनि सूचनाको हक प्रयोग गरी पालिकाको विकास निर्माणका गतिविधिको बारेमा माग गरेको छ ।