धनगढीमा लाग्ने सुदूरपश्चिम महोत्सवको तयारी तीव्र, प्रम देउवाबाट उद्घाटन गराउन प्रयास जारी

धनगढीमा लाग्ने सुदूरपश्चिम महोत्सवको तयारी तीव्र, प्रम देउवाबाट उद्घाटन गराउन प्रयास जारी

धनगढी । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा लाग्ने सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । धनगढी १ स्थित पशुपति टोलमा लाग्ने महोत्सवको तयारी कार्य ६० प्रतिशत बढी सकिएको आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ  । 

बदलिँदो मौसमका बाबजुद छोटो समयमा तयारी तीव्र पारिएको कैलाली उद्योग वाणिज्य  संघका महासचिव ओम विष्टले जानकारी दिए । तयारी गिरहेका छौँ । घोटो समयमा राम्रो प्रतिफल ल्याउने प्रयासमा छौँ । "मौसम पनि हामीले सोचे भन्दा अगावै परिवर्तन भयो । तर मौसम विदहरुका अनुसार अबका केही दिन ३५-३६ डिग्री सेल्सियस भन्दा बढी नजाने भनिएको छ ।" उनले भने । 

त्यस्तै, महोत्सवका लागी व्यापारिक स्टलहरू नौलो तरिकाले सजावटको काम र व्यवस्थापन गरिरहेको बताउँदै महासचिव विष्टले बिहानै देखी स्थानीय कलाकारलाई समय दिइएको र दिउँसो ३ बजे देखी ८ बजे सम्म नै राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने बताए । "स्टलहरू, झुला, टिकटक पोईन्ट, सेल्फी पोईन्ट, बुल राईडीङ लगायतका विभिन्न कुराहरूको व्यवस्थापन गरिरहेका छौँ । सांस्कृतिक कार्यक्रमहरू बिहान ११ बजे देखी ३ बजे सम्म स्थानीय कलाकारहरूलाई समय दिएका छौँ । भने ३ बजे पश्चात् साँझ ८ बजे सम्म महोत्सव सञ्चालन हुने छ । यो नौलो प्रयास हो ।" उनले भने ।

यस्तै, वि. सं.२०६३ साल देखी सुदूरको सुन्दर भविष्यका लागी विभिन्न मागहरू सहित आयोजना गर्न लागिएको महोत्सवमा यसपालि पनि संघिय सरकारले गर्नु पर्ने महत्त्वपूर्ण ७ मागहरू लाई निरन्तरता दिइएको बताउँदै सके सम्म वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बाट उद्घाटन गराइने प्रयास जारी रहेको बताउँदै विष्टले विवादित कलाकारहरूलाई भने सुदूरपश्चिम महोत्सवमा स्थान नदिइने स्पष्ट पारे । "देश संघियतामा गई सकेपश्चात् विभिन्न कामका जिम्मेवारीहरू संघ, प्रदेश र स्थानीय तहहरूमा बाँडिएका छन् । त्यसैले संघिय सरकारको जिम्मेवारी अन्तरगत पर्ने ७ मागहरू यसपालि पनि निरन्तरता दिने छौँ । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बाट उद्घाटनको लागी प्रयास जारी छ । उहाँको समय नमिलेमा प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टबाट उद्घाटन गर्ने गरी प्रक्रिया अगाडी बढाएका छौँ । कलाकारका विषयमा भने हामी जिम्मेवार सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने संस्था भएकोले विवादमा मुछिएका कुनै पनि कलाकारलाई आमन्त्रण गर्दैनौँ ।" उनले भने ।

माघ १८ गते देखि आयोजना हुने भए पनि कोरोनाको सङ्क्रमण बढ्न थालेपछि तयारी सुरु भएको सुदूरपश्चिम महोत्सव २०७८ अन्तिममा आएर स्थगित गर्नु परेको थियो ।  भने कोरोना भाइरस कोभिड १९-का कारण विगत २ वर्ष देखी आयोजना हुन नसकेको महोत्सव यही चैत १० गते धनगढी उप-महानगरपालिका वडा नंं. १ पशुपति टोलमा लाग्दै छ ।