पर्यटन र जलविद्युत क्षेत्रमा लगानी बढाउन सके प्रदेश ७ को आर्थिक समृद्धी सम्भव छ !

पर्यटन र जलविद्युत क्षेत्रमा लगानी बढाउन सके प्रदेश ७ को आर्थिक समृद्धी सम्भव छ !

धनगढीः प्रदेश नम्बर ७ मा लगानीका क्षेत्रहरू धेरै छन्। तर लगानीको दृष्ट्रिकोण बाट सम्भावना बोकेका क्षेत्रहरू ओझेलमा परेका छन्। जसले गर्दा यहाँको सामाजिक आर्थिक क्षेत्रमा परिवर्तन आउन सकेको छैन।

पर्यटन क्षेत्रलाई मात्र हेर्ने हो भने प्रचुर सम्भावना बोकेको क्षेत्र यो हो। तर लगानीको अभावमा ओझेलमा परेका छन्। लगानी र लगानी मैत्री सरकारको नीतिको अभावमा प्रदेश ७ पछाडी परेको यहाँका उद्योगी व्यवसायीको बुझाइ छ।

‘यहाँ लगानीका थुप्रै सम्भावना छन्,’ देव विकास बैंकका क्षेत्रीय प्रवन्धक कमराज गिरीले भने, ‘राजनीतिकरण भयो भने लगानी बढ्न सक्दैन। राजनीतिकरण कम हुन पर्छ।’

देव विकास बैंक लिमिटेडका क्षेत्रीय प्रबन्धक कमलराज गिरीसँग धनगढी खबरले गरेको संक्षिप्त कुराकानीः

प्रदेश ७ मा लगानीका सम्भावना कस्तो छ? 
यहाँ लगानीका सम्भावना धेरै छन्। प्रदेश नम्बर ७ पर्यटनको सम्भावना भएको क्षेत्र हो। पर्यटन यो प्रदेशको समृद्धि र विकासको लागि मूल आधार बन्न सक्न सक्छ। लगानीको दृष्ट्रिकोणबाट विशेष गरी यहाँ धार्मिक पर्यटन, प्राकृतिक पर्यटन सम्भावना बोकेका क्षेत्रहरू हुन। मैले सुने अनुसार पुर्णागिरीमा आयो भने नेपालको सिद्धबाबा पुग्नु पर्ने छ, भने पछि धार्मिक पर्यटनमा प्रचुर सम्भावना छ भन्ने यसले देखाउँछ। कृषि, औधोगिक क्षेत्र अर्को लगानीको अक्रषर्ण हो। मैले यहाँ चिनीको लागि पनि सम्भावना देखेको छु। स्वास्थ्य क्षेत्रमा पनि लगानी गर्न सक्ने ठाउँ देखिएका छन्। यहाँको गेटा आँखा अस्पताल नेपालमा प्रख्यात छ। अब मेडिकल कलेज पनि खुल्दै छ, भनेपछि त स्वास्थ्यको क्षेत्रमा पनि लगानी गर्ने ठाउँ छ। प्रदेश ७ लगानीको उर्वर ठाउँ हो। हामी राष्ट्रिय स्तरको बैंक भएकाले सबै क्षेत्रमा लगानी गर्छौ। राष्ट्र बैंकले पनि प्रशितको हिसाबले तोकी दिएको छ।

संघीयतामा देश गएपछि यो प्रदेशमा पनि लगानी बढ्छ भनेर अपेक्षा गरिएको थियो। अहिले त्यो हुन सकेको छैन। यहाँको बुझाई के छ?  
लगानीको लागि त प्रचुर सम्भावना बोकेको ठाउँ नै हो। मलाई लागेको के हो भने, हामी सिमित क्षेत्र र सानो ठाउँमा सीमित भएको छौ की? जस्तो घर कर्जा, गाडि कर्जा जस्ता सामान्य कुरामा मात्र हामी अल्झि रहेका छौ की जस्तो लाग्छ। अरू क्षेत्रमा लगानी बढाउन सरकारले पनि ढोका खोली दिनु पर्छ। त्यसो भएपछि हामीले पनि गर्न सक्छौँ। अहिले बैंकको पुजि पनि बढेको छ। यसले लगानी गर्ने सम्भावना पनि बढेर गएको छ। लगानी गर्नलाई हार गुहार गर्नु पर्ने अवस्था छैन। किन भन्दा कर्मसियल बैंकले त्यही हिसाबले लगानी गर्न सक्छन्। सम्भावना बोकेको यो क्षेत्रमा लगानी गर्ने आउन पर्‍यो। उहाँहरू हामी मार्फत आउने हो भने हामीले लगानी नगर्ने त कुरै छैन। 

लगानीको लागि सम्भावना छ, पुजि पनि छ। यहाँले भनिहाल्नु भयो। तर पनि लगानी बढेको छैन। के लगानी मैत्री वातारवण अझै तयार हुन नसकेको हो? 
मलाई लागेको चाही के हो भने। राजनीतिकरण अलि कम हुन पर्‍यो। निजी क्षेत्र र सार्वजनिक क्षेत्र मिलेर कुनै पनि स्तरको व्यवसाय सञ्चालन गर्न सक्छन्। उनीहरूको बनाएका योजनाहरूको लागि ढोका खोलिदिने काम गरिदिनु पर्छ। जस्तोकी औधोगिक क्षेत्रको बजार विस्तारका लागि औधोगिक क्षेत्र घोषणा गर्नुपर्ने जस्तो लाग्छ। किन भन्दा यो सहर पनि ठुलो छ। पूर्वका भैरहवा, विरगञ्जमा औधोगिक क्षेत्र छ। प्रदेश ७ मा पनि औधोगिक क्षेत्रको सम्भावना पनि देखिएको छ। औधोगिक क्षेत्रको विकास गर्न सकियो भने लगानी त भित्रिहाल्छ। वैदेशिक लगानीको लागि पनि सरकारले खुल्ला गरेको छ। मुख्य कुरा राजनीतिकरणको कमी हुनु पर्छ। श्रमिकको लागि सरकारले न्यूनतम ज्याला पनि तोकेको छ। त्यसमा हस्त क्षेत्र नभएपछि मेरो विचारमा धेरै राम्रो हुन्छ। यहाँ उत्पादन भएको चिनि पनि बिक्री हुन सकेको छैन। कहाँ के भएको हो? कसरी यसको हल गर्न सकिन्छ। भारतमा कृषि सामाग्रीको अभाव भए पछि नेपालमा सप्लाई गर्दैन। भने पछि हामीले पनि कस्तो नीति लिने, कहाँ के चिजको आवश्यकता छ। त्यसको परिपूर्ति सरकारले गरी दियो भने लगानीको सम्भावना छ। 

अहिले सरकारी नीतिको अभाव छ भन्न खोज्नु भएको हो? 
केही मात्रामा त्यो देखिन्छ। कहिले काहीँ सुनिन्छ नि लगानी नभएर पैसा फिर्ता गएको। तर पनि निजी क्षेत्रबाट त लगानी भइरहेको नै छ। सरकारले अलि कति लगानी मैत्री वातारवण तयार गर्ने हो भने लगानी गर्ने सम्भावना बढेर जान्छ। विद्युत् क्षेत्रमा मात्र हेर्नुहोस् त कति धेरै सम्भावना छ।

देव विकास बैंकको लगानी नीतिबारे पनि कुरा गरौन। देव विकास बैंकले लगानी नीतिलाई कसरी अंगिकार गरेको छ? 
देव विकास बैंक राष्ट्रिय स्तरको बैंक हो। त्यो हिसाबले हामीले सबै क्षेत्रमा लगानी गर्छौ नै। तर हाम्रो प्राथमिक्ता कृषि क्षेत्र हो। साना किसानहरूलाई लोन दिने वातावरण हामीले तयार गरेका छौ। देव विकास बैंकले स्वरोजगार कोष अन्तर्गत बेरोजगार युवाहरूलाई लोन दिने काम पनि गरेको थियो। पछि सहकारी मार्फत गर्दा अलि बिग्रेको देखिन्छ। बैंक मार्फत गर्दा सफल पनि भएको थियो। तर हामीले राष्ट्र बैङ्कको निर्देशन अनुसार औधोगिक, विद्युत् लगायतका क्षेत्रमा हाम्रो लगानी छ। कृषि, पर्यटन व्यक्तिगत, व्यापार व्यवसाय सबैमा हाम्रो लगानी खुल्ला छ। कुन क्षेत्रमा लगानी गर्दा सोही ठाउँको विकासमा समेत सघाऊ पुग्छ  त्यस्तो क्षेत्रमा लगानी बढाउने काम हामीले गरेका छौ। हामीले राष्ट्र बैङ्कको नीति अनुसार नै लगानी गर्ने हो। माध्यम मात्र फरक हो। कुनै व्यक्तिले केही व्यवसाय गरी रहेको छ। उसले अझ त्यसलाई बढाउन चाहन्छ भने हाम्रो ढोका खुल्ला छ। हामीले उहाँहरूको अध्ययन गर्छौ। अनि लगानी गर्छौ। काम गरी रहेकोलाई त अनुभव हुन्छ। लगानी गर्न पनि सजिलो हुन्छ। तर नव प्रवेशिलाई समेत हामीले लगानी गर्छौ। विद्युतीय क्षेत्र, पर्यटन क्षेत्र, व्यक्तिगत औधोगिकरणको लागि त हाम्रो लगानी गरिनै हाल्छौँ।

 यहाँले लोन दिने व्यवस्था कसरी गर्नु भएको छ? 
आवश्यत्ता अनुसार हामीले लोन प्रदान गर्छौ। बैंकले त जति सक्दो धेरै ऋण दिएर नाफा कमाउन चाहन्छ। यही उद्देश्य हुन्छ। तर हाम्रो उद्देश्य मिट गर्नको लागि उहाँहरूको उदेश्यसँग मेल खान पर्‍यो। व्यापार व्यवसाय गरी रहनु भएको छ भने त सहज नै भइहाल्यो। दर्ता नभएका व्यवसायीहरूको लागि पनि हामीले व्यवसायी उन्मुख भनेर उद्यमी लोन दिन्छौँ। भनेको दर्ता हामीलाई चाहिन्न। विना उधम त हामीले लगानी गर्दैनौ। उद्यमसिलता तिर अग्रसर र लगनसिल छ भने हामीले सहज रूपमा लोन दिन्छौ।

लगानीको लागि चुनौती के देख्नुभएको छ? 
जुन क्षेत्रमा लगानी खोजी रहेको छ। त्यो क्षेत्रमा लगानी भयो भने जहिले पनि सकारात्मक नै हुन्छ। तर लगानी गर्न खोजेको क्षेत्र भन्दा अर्को क्षेत्रमा लगानी गर भन्यो भने बिग्रेको हुन्छ। सही क्षेत्रमा लगानी भयो भने अनुत्पादक हुन्छ जस्तो लाग्दैन। यसको लागि सही तरिकाले लगानी हुन पनि आवश्यक छ।