थप ३८ जनामा कोरोना संक्रमण, २६९ जना संक्रमणमुक्त

थप ३८ जनामा कोरोना संक्रमण, २६९ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार ३ हजार ८५५ पीसीआर परीक्षणमा ३४ जना र १ हजार ५२१ एन्टीजेन परीक्षणमा ४ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने २६९ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर २ हजार ४५३ जना सक्रिय संक्रमित रहेका छन् ।