नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक दिउँसो २ बजे बस्ने जनाएको छ ।
बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि टिकट वितरणका लागि कांग्रेसले संसदीय समिति गठन गर्ने भएको हो ।
पार्टी विधानअनुसार निर्वाचन लड्ने उमेदवार तय गर्ने र टिकट वितरण गर्ने अधिकार संसदीय समितिलाई मात्र छ ।
बैठकमा स्थानीय तह निर्वाचनको तयारी अर्को मुख्य एजेन्डा रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका दिए । बैठकमा स्थानीय तह निर्वाचनका लागि ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको समेत समीक्षा जनार्एको छ ।