सुदूरपश्चिम महोत्सवको आज दोस्रो दिन, को-को कलाकार आउँदै छन् ?

सुदूरपश्चिम महोत्सवको आज दोस्रो दिन, को-को कलाकार आउँदै छन् ?

धनगढी । धनगढीमा सुदूरपश्चिम महोत्सव बिहीबारबाट सुरु भएको छ । शुक्रबार आज महोत्सवको दोस्रो दिन हो । आज राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती दिने छन् ।

आयोज उद्योग वाणिज्य संघका अनुसार आज गायिका रचना रिमाल, रेखा जोशी, गायक चेतन वोहरा, कोष खड्का र सितल शर्मा मुख्य आर्कषण रहेका छन् ।

महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा लागेको छ । बिहीबारबाट सुरु भएको महोत्सव यही चैत २० गतेसम्म चल्ने आयोजकले जनाएको छ ।